हवाई सुरक्षा सँग जोडेर प्रकाशित समाचार प्रति निगमको आपत्ति

काठमाडौँ। नेपाल वायु सेवा निगमले हालै केही छापा तथा अनलाइन पत्रपत्रिकाहरुमा नेपाल वायुसेवा निगमको हवाई सुरक्षा सँग जोडेर प्रकाशित समाचारहरु प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आइतबार बिज्ञप्तिमार्फत भनेको छ – ‘ यात्रुहरुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डहरुका सन्दर्भमा प्रतिवद्ध रहेको जानकारी गराउँदै उल्लेखित घटनाका सम्बन्धमा निम्नानुसार प्रष्ट पारिएको छ ।
१) मिति २०२१÷०१÷०८ मा दोहाबाट काठमाण्डौ आएको आर. ए. २४० नं. को उडान काठमाण्डौमा अवतरण गर्ने क्रममा          Hard Landing  भएको विषय नियमित  lgoldt Flight Data Analysis Program  मार्फत मिति ९ फेब्रअरी २०२१ मा पत्ता लगाईएको थियो ।
२) सो Hard Landing  सम्बन्धमा उडानमा संलग्न पाइलटहरुले भर्नु पर्ने  Mandatory Occurrence Report(MOR)  मार्फत जानकारी गराउनु पर्नेमा नगराइएको पाइएपछि सम्वन्धित पाइलटहरुलाई तत्काल जानकारी माग गरी निजहरुलाई मिति फागुन १२, २०७७ देखि उडानमा बन्देज लगाईएको छ ।
३) सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय माग गर्दा  100 Flight Cycles (Landing)  तथा दुई महिना सम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित चेकजाँच गर्नु पर्ने भन्ने जानकारी प्राप्त भएको र सोही अनुसार जहाज नियमित उडानमा रहेको थियो ।
४) अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न व.क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिष कुमार साह तथा डम्बर रावत समेतको छानविन समिति मिति ११ फागुन २०७७ मा गठन भई कार्यारम्भ गरिसकेको छ ।
५) तसर्थ, हवाई सुरक्षालाई दृष्टिगत गरी उल्लेखित छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड अनुरुप थप कार्यवाही अगाडी बढाईने व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि सुचित गरिन्छ । ’

Loading...