फागुन २३ गते बोलाइयो पुनर्स्थापित प्रतिनिधि सभाको बैठक

काठमाडौं, १७ फागुन । पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको सूचना

Loading...