बुधबार पेरिसडाँडामा स्थायी र केन्द्रीय समिति बैठक बोलाउने प्रचण्ड–नेपाल पक्षको

काठमाडौं, १७ फागुन । प्रचण्ड–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ।

सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्थायी केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताए।

‘फागुन २१ गते बुधबार एकैदिन स्थायी र केन्द्रीय समिति बैठक बस्ने तय भएको छ’, नेपालखबरसँग रिजालले भने, ‘बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।’

बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि अनुरोध गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने।

प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै उनले सो निर्णय मान्य नहुने बताए।

Loading...