सरकार र विद्रोही नेकपाबीच एकैदिन दुई चरणमा वार्ता

काठमाडाैं । सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । बुधवार अपरान्ह भएको दोस्रो चरणको वार्ता विषयवस्तुमा प्रवेश गरेको बताइएको छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।

यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो । वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ ।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ’ भट्टराले भने । वार्ता सहमति नजिक पुगेको बताइए पनि ठ्याक्कै के बिषयमा सहमति जुट्यो भन्ने खुलाइएको छैन । बिहीबार पुनः वार्ता हुने बताइएको छ ।

Loading...