काठमाडौँ, १८ भदौ । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन […]
अर्थ/वाणिज्य
सुन्दर बन्दैछ ‘नयाँ बसपार्क’
काठमाडौँ, १८ भदौ । ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ । काठमाडौँ […]
स्थानीय तहलाई ११ अर्ब ४० करोड अनुदान सहायता
काठमाडौँ, १८ भदौ । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्तरूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध गराउने भएका छन् । युरोपेली सङ्घ, बेलायत, नर्वे र स्विट्जरल्याण्डले व्यावहारिक, दिगो, समावेशी र उत्तरदायी प्रान्तीय एवं स्थानीय शासन व्यवस्था सुनिश्चित गर्न चार वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराएका […]
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु
भजनी, १८ भदौ । बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो […]
उखु किसानले भुक्तानी पाए
विराटनगर, १८ भदौ । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रु ४४१,२८ […]
बाह्र सय कर तिर्न १० हजार खर्च
जाजरकोट, १८ भदौ । खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उनले भनिन “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु एक हजार २०० कर […]
ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी
बनेपा, १८ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन सुरु गरेका हुन् । शुरुको वर्षमा पाँच […]
लाहा प्रशोधन कारखाना सञ्चालन
भद्रपुर, १७ भदौ । झापाको गौरादहमा सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दीका लागि प्रयोग हुने लाहा (चप्रा) प्रशोधन कारखाना सञ्चालन गरिएको छ । भारतको पश्चिम बङ्गालमा सात वर्ष लाहा कारखानामा काम गर्नुभएका गौरादह नगरपालिका–२ का ५४ वर्षीय डम्बर विकले स्वदेशमै लाहा प्रशोधन गर्ने उद्देश्यले गत वैशाखमा रु २० लाखको लगानीमा ‘निर्मल चप्रा […]
भावकारी बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’
बेझाड, पाल्पा, १७ भदौ । प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा […]
नौ करोड ५९ लाख कम राजश्व सङ्कलन
विराटनगर, भदै १७ । मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम राजश्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०७४÷ ७५ मा उक्त कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख […]