नविल बैंकका सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु

पाेखरा, १३ भदौ । नविल बैंकमा कार्यरत एक सुरक्षागार्डकाे काेराेना संक्रमणाबाट मृत्यु भएकाे छ । पोखरामा शनिबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति नबिल बैंकका सुरक्षा गार्ड भएको खुलेको हाे ।

शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको किभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको थियो। उनी पोखरा महानगरपालिकास्थित सभागृहमा रहेको नबिल बैंकको सुरक्षा गार्ड भएको खुलेको हो।

मुटुका रोगी रहेका उनी पेट दुखेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पुगेका थिए। भदौ ७ गते अस्पताल पुगका उनको शल्यक्रियाको क्रममा पीसीआर परीक्षण गरिँदा संक्रमण पुष्टि भएको वडा नम्बर २४ का वडासदस्य जितेन्द्र थापाले जानकारी दिए।

‘उहाँ कताकता जानुभयो, परिवारमा को–को हुनुहुन्छ भन्नेबारे हामीले बुझ्न सुरु गरेका छौ’, उनले भने, ‘महानगरपालिका र वडा मिलेर उहाँको सम्पर्कमा आएकाहरुको हामी पीसीआर परीक्षण गराउँछौं।’

Loading...