सिमकोट गाउँपालिकामा करीब पाँच हजार बेरोजगारको तथ्याङ्क

हुम्ला । सिमकोट गाउँपालिकामा मात्रै पछिल्लो तथ्याङ्क अनुसार करीब पाँच हजारको बेरोजार संख्या देखिएको छ । यसबाट विभिन्न सूचकहरूमा असर पार्ने देखिन्छ ।

केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरूले बेरोजागर हटाउनका लागि विभिन्न प्रकारका नीतिगत कार्यक्रमहरू ल्याए पनि दिनहुँ नेपालमा बेरोजागरीको समस्या विकराल बन्दै गएको छ ।

सिमकोट गापाले ४ हजार ७ सय ६५ जना युवाहरू बेरोजगार रहेको तथ्याङ्क संकलन गरेको छ । यसमा वार्ड नं १मा ४ सय ९७, वार्ड २ मा ७ सय ५१, वार्ड ३ मा ५ सय ९३, वार्ड ४मा ५ सय ७५, वार्ड नं ५ मा ४ सय ७५, वार्ड नं ६ मा ३ सय ३४, वार्ड नं ७ मा ७ सय ७८ र वार्ड नं ८ मा ७ सय ६२ जना बेरोजगार रहेका छन् ।

गाउँघरतिर आएका यस्ता श्रमशील जनशक्तिलाई समयमै व्यस्त बनाउन नसकेको खण्डमा एकातिर उनीहरूको व्यक्तिगतदेखि पारिवारिक खर्चको स्रोतमा संकुचन आउनेछ । अर्कोतिर विभिन्न प्रकारका सामाजिक विकृति पनि बढ्न सक्ने अधिवक्ता मानबहादुर थापाको विश्लेषण रहेको छ ।

Loading...