मालपोत कार्यालय हुम्लामा तीस लाख राजस्व संकलन

हुम्ला । मालपोत कार्यालय हुम्लाले आ.व. २०७६/०७७मा तीस लाखभन्दा धेरै राजस्व संकलन गरेको छ । हुम्लामा रावस्व संकलन गर्ने कार्यालयहरूमध्ये मालपोत कार्यालय एक प्रमुख कार्यालय हो ।

कोभिड१९ का कारण वैशाख महिनाभर कार्यालय बन्द हुँदा यो कार्यालयले कुनै पनि प्रकारको राजस्व संकलन गर्न सकेन । बाँकी ११ महिनामा विभिन्न प्रकारका राजस्वहरू सकलन गरेको छ ।

मलपोत कार्यालयले आ.व. २०७६/०७७ को असोज महिनामा ६७ हजार ६९० वर्षभरीकै सबभन्दा कम राजस्व संकलन गरेको थियो । असार महिनामा भने वर्षभरीकै सबैभन्दा धेरै राजश्व संकलन भएको छ । मालपोत कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख रबिन्द्र शाहीले असारमा ४ लाख ८ हजार २० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।

निमित्त प्रमुख शाहीले मालपोत कार्यालय हुम्लाले आ.व.२०७६/०७७ मा रजिष्टेसन, फा.पू.बिक्री, रोक्का दस्तुर, पूँजीगत लाभकर र विविध गरी पाँच शिर्षकमा राजस्व संकलन गरेको जानकारी दिए । यो रकममध्ये केही स्थानीय तह र केही प्रदेशमा पनि पठाइ सकिएको शाहीले बताए ।

Loading...