चीट आपूर्ति गर्ने नाथुरामहरू

समर हुम्ली

आठ पी.एचको फ्लोराइडयुक्त दाँतले
ङिच्च हाँस्छ हुम्ला
चामलको बोरामा चुलिएको विकास
वस्तुविनियम गरेर
कुन्तरे दाईको दाउराको भारीसँग
थाकेको छ ! थाकेको छ ! !
त्यो बुढो धुपीकोरुख
हेर्दा हेर्दा खस्न थालेको केशहरू छ्या !
दुर्गन्धयुक्त खैरेना दाँत यी सिमकोटीहरूका–
गोड्दा गोड्दै रक्सीको भेलले डुबेर
रक्सीमय भएको छ–जग्गा !
चुकिलो चुकिलो शिक्षाको अनुहार
घ्याम्पेभुँडीले खाएर गुरुको शब्द सुमन
अक्षरहरू !
दोचादोफर कुहाएर जङघारमा
किताब, कापी र झोलाहरू बेचेर
७ करोड निलेर अघाएको छैन
चीत चीटको खात आपूर्ति गर्ने नाथुरामहरू
गान्धी जन्मेलान् भन्ने डरले
मुन्टा नै सुर्ती चिमोटिदिन्छन् पुतनाहरूले
ओशो तपोवनमा ध्यानमग्न छन्
तर
झुपे्रधामी र पाटकलीको दाम्पत्य जीवन
शिशाझैँ टुक्रा भयो टुक्रा !
राडी ऊन नगाँसिएझैँ
किन कोर्दै छन् हँ समचार
यी पत्रकारहरू !
भोक, भोग र चामलको समाचार मात्र !!

Loading...