राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २३ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्ने जानकारी दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा तोकिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नु पर्ने सूचनामा उल्लेख छ।

‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २० करोड रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ।

Loading...