होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

काठमाडौँ, २१ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग होटल तथा रेष्टुराँ मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो […]

सनराइजले ऋणपत्र निष्काशन गर्ने

काठमाडौँ, १९ कात्तिक । सनराइज बैंक लिमिटेडले रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी रु तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ […]

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १९ कात्तिक । पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ […]

धितोपत्र बजारः झिनो अङ्कको वृद्धि

काठमाडौँ, १८ कात्तिक । साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो […]

कैलालीका ८६ उद्योग परे खारेजीमा

धनगढी, १८ कात्तिक । कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन् । कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि […]

चन्द्रागिरी हिल्सलाई वाणिज्य विभागको चेतावनी, केवलकार चढेको ७ सय लिनको कारण सोधियो

काठमाडौँ, १८ कार्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७ सय रुपैयाँ भाडा लिनुको कारण खुलाई ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के–कति कारणले निर्धारण गरेको हो, प्रमाण पेस गर्नू’ भनी निर्देशन दिएको हो । […]

सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

राँझा, १८ कात्तिक । रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई […]

देउसीभैलीको रकम बेसहारालाई

लम्की, १७ कात्तिक । गुडीमुन्टे जोडी र टीकापुर अनलाइन टिभीले देउसीभैलीबाट सङ्कलित रकम ‘मेरी आमा’ नामक संस्थामा बस्ने बालबालिकालाई सहयोग गरेका छन् । उनीहरुले टीकापुर नगरपालिका–२ स्थित सञ्चालित मेरी आमामा बस्ने बालबालिकालाई देउसीभैलीबाट सङ्कलित रु ७७ हजार ६७८ बाट न्यानो लुगा र ओढ्ने ओछ्याउने सामग्री हस्तान्तरण गरेका हुन् । गुडीमुन्टे जोडीका संयोजक राजेन्द्र विकले बालबालिकालाई […]

नेपालमै पहिलो पटक सुरु भयो स्नातकोत्तर तहमा सुरुङ इञ्जिनीयरिङको पढाइ

कास्की, १६ कात्तिक । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा […]

कुलमानले फेरेको प्राधिकरणका दिन, लोडसेडिङ गर्नुपर्ने अवस्थाबाट माग र आपूर्तिको सन्तुलन मिलाएर खपत बढाउने चुनौतीमा

काठमाडौँ, १६ कात्तिक । उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन सफल भएको हो । सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ । भारतीय विद्युत् प्रयोग गरेर अँध्यारो हटाएको भन्नेजस्ता आरोपबाट समेत […]