धानको बोरा मुनि लुकाईछुपाई ल्याएको १ ट्रक चिनी बरामद

काभ्रे प्रहरीले धानको बोरा मुनि लुकाईछुपाई ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । बिहीबार दिउँसो शंकास्पद देखिएको एक ट्रक चेकजाँच गर्नेक्रम्मा प्रहरीले उक्त चिनी बरामद गरेको हो ।

बनेपा- ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ आउदै गरेको  ना.६ ख.६२१९ नं. को ट्रक रोकी चेकजाँच गर्दा उक्त चिनी फेला परेको काभ्रे प्रहरीका सूचना अधिकारी समेत रहेका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् । ट्रक भित्र राजश्‍व छली गरी धानको बोराले छोपी लुकाई छिपाई ल्याएको ५० किलोको ९२ बोरा चिनी बरामद भएको उनले बताएका हुन् ।                                                                                            करिब पाचँ लाख अन्ठानब्बे हजार मूल्यको चिनीको कुनै खरिद बीलबिजक तथा कागजात फेला नपरेको प्रहरीको भनाइ छ । २८ बोरा धान मुनि ९२ बोरा चिनी राखेर ल्याएका ट्रक चालक काभ्रेपलाञ्चोककै धुलिखेल न.पा.वडा नं.२ बस्ने बर्ष ३७ को राजु तिमल्सिना लाई  नियन्त्रणमा लिइएको  र ट्रक तथा सामान सहित आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

Loading...