दण्डहीनता अन्त्य गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको वताएका छन्  । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त प्रतिवद्दता जाहेर गरेका हुन्  । सरकारले पुर्ननिर्माणका लागि […]

दुई दिनमा बाढीबाट दश करोड बढी क्षति

काठमाडौं । असोज १७ र १८ गते आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । सोको प्रारम्भिक विवरण देहाय बमोजिम रहेको छ : १. कन्काई नदीले गौरीगञ्ज २ […]

सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० पुग्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ । यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख […]

उदय साकोसको २९ औं साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुर-८ लिवालीस्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। यसपटक पहिलोपटक कुनै विशेष अतिथि विना सदस्यमैत्री माहोलमा सभा सम्पन्न गरिएको हो। कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सदस्यहरूले खाइखाइ जम्मा गरेको बचत रकम आपसी सहयोगमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै सहकारीलाई केवल वित्तीय संस्था मात्र नभई […]

बढेको बढ्यै सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको […]

नेप्सेमा कर्मचारीको आन्दोलन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षको राजीनामा माग्दै आन्दोलन थालेका छन्। मंगलबारदेखि सुरु भएको आन्दोलन अझ तीव्र बनेको छ। कर्मचारी संघले बुधबार विज्ञप्ति जारी गर्दै सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेको छ। कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गर्ने, सीईओको कार्यकक्षमा […]

जेनजी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड बिमा रकम दाबी, कस्को कति

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी […]

समय सहकारीको १५ औं साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुरस्थित समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । यसपटक कुनै विशेष अतिथि विना सम्पन्न भएको साधारणसभामा अध्यक्ष श्यामसुन्दर बेकोजूले संघीय सरकार, नेपाल राष्ट्र बैंक, सहकारी विभाग तथा सहकारी नियमन प्राधिकरण मिलेर समुदायमा आधारित सहकारीलाई खुम्च्याउने प्रयास गरेको आरोप लगाएका थिए । उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछाले सहकारीले […]

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । […]

निमन्त्रणामा नयाँ नेतृत्व, न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित निमन्त्रणा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार लोहकिल्थली(लोकन्थली)मा सम्पन्न साधारण सभाबाट सुरेश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्। न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हरिगोपाल कर्माचार्यले जनाएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी र कोषाध्यक्षमा बसन्त पौडेल […]