आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार […]

स्वस्तिकले सर्वसाधारण लगानीकर्ताका लागि यसै महिना आईपीओ खोल्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बाँडफाँड सम्पन्न भइसकेको थियो, र अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई अवसर दिइँदैछ। लघुवित्तले जारी पूँजीको ४० प्रतिशत, अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ […]

सिंहदरवारसम्म कोदोको स्वाद, उहिले अभावको भोजन-अहिले सम्भ्रान्तको रोजाइ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान […]

राहत प्याकेज बिना संकटग्रस्त क्षेत्र घोषणा सरकारको नालायकी : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।  बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित […]

सुनको मूल्य तोलामा ३४०० रुपैयाँ बढ्यो

काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम […]

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालन, ओपिडीमा शुल्क नलाग्ने

काठमाडौ । केही समयदेखि स्थगनमा रहेको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक विशेष समारोहबीच यसको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले अस्पतालको पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदमको रूपमा […]

चाँगुनारायणमा पहिलो राष्ट्रिय कोदो दिवस, पाँच पत्रकार पुरस्कृत

भक्तपुर । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ । कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय […]

आज पनि सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]

दरमखोला हाईड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

IPO

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ। यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति […]

माछापुच्छ्रे क्यापिटलको लाभांश घोषणा

माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश […]