काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको […]
अर्थ/वाणिज्य
बुङ्गल हाइड्रोको आइपिओ खुला
काठमाडौ । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।जसमध्ये पहिलो चरणमा जारी पूँजीको […]
अन्टार्कटिकामा साउदी अरबको भन्दा ठूलो तेलखानी फेला
मस्को,रुस । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् । रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् । यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शंकाहरू खडा गरेको छ। रुसको यो […]
नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक(पढ्नुस् पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले विभिन्न रणनीतिहरु अघि सारिएको देखिन्छ । शुक्रबार राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने […]
८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने […]
सरकारी रकम भुक्तानीमा भद्रगोल, एकैदिन ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी
काठमाडौ । सरकारी खर्च गर्न पाइने अन्तिम दिन असार २५ गते सरकारले ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार पुँजीगततर्फ २१ अर्ब ७३ लाख, चालुतर्फ १४ अर्ब ९३ करोड र वित्तीय व्यवस्थातर्फ एक अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा […]
संसदका ५ समितिको बैठक बस्दैँ, नुनको गुणस्तरबारे पनि छलफल हुने
काठमाडौं । संघीय संसद अन्तर्गतका ५ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको […]
बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर
काठमाडौं । नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण बर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षासगै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनस“ग हुने व्यापारको मुख्य नाका बन्द हु“दा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख […]
सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक फेरि २७०० माथि
काठमाडौँ । साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो । यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ […]
प्रधानमन्त्रीले बुझे बाढीको बितण्डा
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्। बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्रीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरे। उनले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको अवस्था, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चासो […]











