आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

काठमाडौं, १ माघ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति […]

नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानलाई सहयोग

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले द्वन्द्वग्रस्त सार्क मुलुक अफगानिस्तानका जनताका लागि सहयोग प्रदान गरेको छ । कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताका लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई […]

बतासको बचाउमा उद्योग वाणिज्य महासंघ

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो । ‘नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या र मान […]

आईएमएफले स्वीकृत गर्‍यो नेपालले लिने ४६ अर्ब ७० करोड ऋण

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोषले (आईएमएफ)मार्फत नेपालको लागि २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण क्रण स्वीकृत गरेको छ । उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको […]

१००:४३ को स्वाप रेसियोमा नबिल र एनबी बैंक मर्ज हुने समझदारी

काठमाडौं । नबिल र एनबी बैंकबीच एक हुने समझदारी भएको छ। नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने भएको हो। बिहीबार एक समारोहका बीच होटल भिभान्तामा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। दुवै बैंकले खडा गरेको मर्जर समितिले आज यससम्बन्धी समझदारी गरेको हो। नबिल बैंकका मर्जर कमिटी संयोजक उदयकृष्ण उपाध्याय र एनबी बैंकको तर्फबाट एनबी बैंकले सञ्चालक […]

डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौ

 पौष २९ ,काठमाडौँ – सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा ऊर्जामन्त्री भुसालले […]

नेप्से ३० अंकले घट्यो, ८ अर्ब माथिको शेयर कारोबार

काठमाडौं, २८ पुस । केही दिन यता लगातार बढिरहेको शेयर बजारमा बुधबार ‘करेक्सन ’ देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैकको प्रक्षेपण

काठमाडौ, २८ पुस । विश्व बैंकले सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम तीव्र फैलन थालेकाले आर्थिक वृद्धिदर संकुचन हुने बैंकले प्रक्षेपण गरेको हो । यता, नेपाल सरकारले भने सात प्रतिशत वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य तोकेको छ […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

काठमाडौं, २७ पुस । नेपाली बजारमा मंगलबार सुन तथा दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो सुन दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको […]

नेप्सेको सीईओका लागि तीन जनाको नाम छनोट

काठमाडौं, २६ पुस। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटका लागि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको छ । पाँच जनाको सुचीमा परेका प्रविन […]