
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्ग कोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देशभर पुसमा ५१ हजार ८८८ वटा घरजग्गा कारोबार भएको छ।
यो कारोबार मंसिरको तुलनामा २५६ वटा बढी हो। मंसिरमा देशभर ५१ हजार ६३२ वटा घरजग्गा कारोबार भएको थियो।
गत आर्थिक वर्ष २०८०/८१ को तुलनाम यो वर्ष करोबार ७.७५ प्रतिशतले बढेको छ । गत वर्ष ४८ हजार १५६ वटा घरजग्गा कारोबार भएको थियो ।
यो वर्ष पुसमा घरजग्गा कारोबारमा सुधार आएसँगै राजस्व पनि वृद्धि भएको छ। सरकारलाई घरजग्गा कारोबारबाट पुसमा ५ अर्ब १७ करोड ३२ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।
त्यसतै कारोबार को आधारमा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी बाट कारोबार धेरै भएको हो । सो कार्यालय बाट १७३३ वटा घरजग्ग कारोबार भएको छ भने कार्यालय बाट १ करोड ११ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।

