जेसीआई मकवानपुरगढीको अध्यक्षमा इरोज न्यौपाने

Iroj Neupane
Iroj Neupane

हेटौँडा । जेसीआई मकवानपुरगढीको वर्ष २०२६ का लागि अध्यक्ष पदमा ईरोज न्यौपाने निर्वाचित भएका छन् । 

शनिबार सम्पन्न संस्थाको साधारण सभाबाट न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका हुन् । मकवानपुर बहुमुखी क्याम्पसका कर्मचारी समेत रहेका उनी युवा समाजसेवीको रुपमा स्थापित छन् ।

कार्यकारिणी उपाध्यक्ष पदमा भने सुवास अधिकारी र सुजन सापकोटा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा निश्चल चौलागाईं, किरण खनाल, पुष्कर बहादुर घिमिरे तथा विनम्र अधिकारी निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले पदस्थापन समारोहका अवसरमा महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार लगायत विभिन्न पदमा मनोनयन गर्ने जानकारी दिएका छन् ।

मकवानपुरगढी जेसीआईको नेतृत्व सम्हाल्न निर्विरोध निर्वाचित गराएकोमा आभार प्रकट गर्दै अध्यक्ष ईरोज न्यौपानेले संस्थाको गरिमा उचो बनाउन रचनात्मक काम गर्ने प्रतिवद्धता पनि प्रकट गरे ।