बसको ठक्करबाट ३२ वर्षीया शिक्षकको निधन

प्युठान । बसको ठक्करबाट एक शिक्षकको ज्यान गएको छ । ज्यान गुमाउने शिक्षक  नौबहिनी गाउँपालिका–४, खवाङकी ३२ वर्षीया रिमा गिरी हुन् । उनी अन्धनासक मावि लिघाकी शिक्षक थिइन् ।

आफ्नै घर अगाडि लु. १ ख. ८४७९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी  गिरीलाई उद्धार गरी अस्पताल लौजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको हो ।