फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर हाल समको उच्चमा पुगेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महंसघका अनुसार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपेयाँ थियो ।

यस दिन चाँदी पनि २९० रुपैयाँले हाल समको उच्च मा पुगेको छ । बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ थियो ।