प्रतितोला १३ हजार ४ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यको गिरावटले सोमबार पनि निरन्तरता पाएको हो।

आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार (आज) प्रतितोला १३ हजार ४ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला २ लाख ८६ हजार ६०० रूपैयाँ पुगेको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। आइतबार तोलामा ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।