ठमेलको भट्टी पसलमा बसेर, गाउँको ठेकीमा पारिएको मोहीको कविता लेख्ने कविजस्तो

कविता: फरक पहिले तिमी हाँस्दा तिम्रा दाँतहरुमा टल्किन्थ्यो– झरनाको निर्मलता तिम्रो मुहारमा मुस्काउँथ्यो समाजको अतिक्रमणबाट मुक्त बालकको निर्दोषिता तिम्रा आँखाका ओठहरु र ओठका आँखाहरूको एउटै थियो भाषा अहिले पनि तिमी मुस्काउँछौ उहीँ ऊर्जा र भंगिमाकासाथ तर, तिम्रा दाँतहरुमा चम्किन्छ टुथपेस्टवाला बजारिया चतुरता अनुहारमा झल्किन्छ सुटिङ गर्नुअघिको घण्टौंको मेकअप तिमी आँखा र ओठहरु पर्खाल जोडिएर पनि […]

म धुरुधुरु रुन्छु

म जहाँ जान्छु लावालस्करले जयजयकार गर्छन शरीर नै पुरिने गरि मालाले ढाकी दिन्छन स्तर बमोजिमको भोज भतेर सबै हुन्छ मेरो मन भित्रैदेखि पुलकित हुन्छ तर जब म बिछ्यौनामा जान्छु म त बिग्रे क्याहो भनेर धुरुधुरु रुन्छु म त चिल्ला गाडी पनि चढ्छु म सुटेट बुटेट पनि छु फेरि अरुलाई नै सुकिला मुकिला नै देख्छु मलाई […]

आजको चर्चित गीतः तिमीहरू चुप लागेर बस

हामी सकेसम्म देश लुट्छौ तिमीहरू चुप लागेर बस हामी अरबौ अर्ब भ्रष्टाचार गर्छौं तिमीहरु सहेर बस हामी देशमा उत्पात मच्चाउछौं तिमीहरू रमिता हेरेर बस हामी आलोचकलाई निषेध गर्छौं तिमीहरु बिबेक थुनेर बस हामीहरू तिमीहरूलाई थुन्छौ, पिट्छौं, मार्छौं तिमीहरू आँखा छोपेर बस यो हाम्रो बेला हो तिमीहरुले चुप लागेर हेर्ने हो हामीहरुले हो तिमीहरुको भाग्य कोर्ने […]

‘सन्नाटाको लय’ लिएर आए नगरकोटी

कवि नरेन्द्र कुमार नगरकोटी‘सन्नाटाको लय’ लिएर आएका छन् । उनको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ शुक्रबार सार्वजनिक भएको छ । शुक्रवार अनामनगरस्थित मण्डला थियटरमा कविताका विज्ञ र पारखीहरुका बीच ‘सन्नाटाको लय’ सार्वजनिक भएको हो । कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक प्रा. ज्ञानु अधिकारीले संग्रहको संयुक्तरुपमा लोकार्पण गरेका हुन्। उक्त अवसरमा बोल्दै प्रा ज्ञानु […]

प्यारो पीडित ! हाम्रो अभीष्टलाई धनान्दका पर्खालहरूले कहिल्यै छेक्न सक्तैनन्

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हाल ललितपुरकाे नख्खुस्थित केन्द्रीय कारागारमा छन् ।  दस वर्षे भीषण जीवन मरणकाे क्रान्तिमा सँगै लडेका केही नेताहरु सरकारमा छन र उनीहरुकै आदेशमा नेता ओली जेलमा हालिएका हुन् । यही परिदृष्यलाइ नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष, फिल्म निर्देशक तथा साहित्यकार केएल पीडितले नेता सुदर्शनका नाममा एउटा […]

कथा : कर्णालीका

चुक्ता गर्न बडो मुस्किल देख्छु यार नगद भन्दा बढी उधारो जिन्दगी । कर्म हो वा भावीको लेखा खै किन हो ? कसैको लैनो कसैको थारो जिन्दगी । कुमालेको चक्र झै घुमिरहन्छ सधै तैपनि किन यति हतारो जिन्दगी । चोटै(चोट र पीडाले थलिएुसि हरदम कति दिन होला र यो फारो जिन्दगी । …..नवीन जैसी… ✍️ 📼 […]

भ्रष्टाचार र अख्तियार

भ्रष्टाचार र अख्तियार (प्यारोडी) बर्षायाम एक दिन अख्तियार आयो ठेकेदारले अफिसमा नोटको बिटो झार्‍यो झ्याम्म झ्याम्म लाग्ने रेड लेभल पनि थियो साझ तिर सुइक्याउने उनको सुरताल थियो फुर्तीफार्ती धेरै थियो सबलाई देखाउथे यसैगरी सधै उनले दिन बिताउथे अख्तियार एकदिन आयो उनलाई पक्राउ गर्‍यो टेबलको अघिल्तिर ठ्याक्कै ५ लाख फेला पर्‍यो भ्रष्टाचारी औ ठुला माछा खै […]

साइत जुराउ भो तिम्रै घर आउँछु पियारा

तिम्रै नामको मेहन्दी लाउँछु पियारा  भन तिम्लाई कहिले पाउँछु पियारा !! चुरा-पोते, रातो-सारी, मंगलशुत्र, सिन्दुर लाउन पाउँ भन्दै मन्दिर धाउँछु पियारा ! जीवन गीतमा सारङ्गीको धुन भरौ अब म नि प्रेमिल मिठो गीत गाउँछु पियारा ! कहिलेसम्म लुकी-लुकी भेट्ने हो र खै ? साइत जुराउ भो तिम्रै घर आउँछु पियारा !

त्यसैले त कुर्लिन मन लाग्छ…

दुइचार हजारमा खर्दार,सुब्बा समाउँछौ अरबौका भ्रष्टाचारमा सेटिङ मिलाउँछौ भन त सुशासन कसरी ल्याउँछौ भ्रष्टाचार तिमीले कसरी घटाउँछौ सरकार !! कता हरायो तिम्रो सुद्धी बिनास काले बिपरित बुद्धि !! जनतालाई करको भारी बोकाउँछौ महंगीले मर्नेगरी ढाड सेकाउँछौ बिरोध गर्न पटक्कै पाइदैन झ्यालखानामा तिमीले सडाउँछौ भन त समाजबाद कसरी ल्याउँछौ समृद्धी तिमीले कसरी ल्याउँछौ सरकार !! कता […]

प्रीय कमरेड ! तिमी थुनिएको शहरमा छु

प्रीय कमरेड ! प्रीय सुदर्शन !! तिमी थुनिएको शहरमा छु तिमी डामिएको शहरमा छु र, चुपचाप चुपचाप हेरिरहेछु अनेक खेल र चलखेलहरु !! हेरिरहेछु अनेक ताल र जालझेलहरु ……………. थुनेर तिमीलाई फलामे खोरमा मेरा नायकहरु/मेरा कमरेडहरु सिसमहलमा दिपावली गरिरहेछन् चियर्स गरिरहेछन् ! र, छादिरहेछ्न् सहिदका तस्वीरहरुमा हुलुलु, हुलुलु !! ………… जुनदिन मेरै अघिल्तिरबाट घिसार्दै घिसार्दै […]