‘दुई ढुङ्गाको तरुल जस्तो जिन्दगानी’

 निर्दोष नेपाल-

दुइ ढुंगाको तरुल जस्तो भएको छ जिन्दगानी !!
बाच्न गरेको कबुल जस्तो भएको छ जिन्दगानी !!

भमरा आउछ चुस्छ जान्छ प्रतिकार गर्न सक्दैन उ !!
हो मेरो यिनै फुल जस्तो भएको छ जिन्दगानी !!

हिजो एक दुख थियो आज दस थपियका छन् !!
उमेरको महशुल जस्तो भएको छ जिन्दगानी !!

गय पनि नगय पनि पछुताउनु छ उज्यालो मा !!
पुतलीको भुल जस्तो भएको छ जिन्दगानी !!

छातीमा टेकेर वारपार गर्छन दुश्मन मित्र सबै सबै !!
चुदिन्छु झैँ हुन्छु पुल जस्तो भएको छ जिन्दगानी !!

Loading...