उपत्यकामा निषेधाज्ञा खुकुलो, रेस्टुरेन्ट, निर्माण सामग्री सामग्री ब्यबसाय खुल्न पाउने

काठमाडौँ। कोरोना संक्रमण केही कम भएपछि उपत्यकामा एक साता थपिएको निषेधाज्ञा केहि खुकुलो पारिएका छन्। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई आज थप एक साता बढाउने निर्णय भएको हो ।

थपिएको निषेधाज्ञामा मंगलबारदेखि थप केही व्यवसायमा लगायिएको रोकलाई खुला गरिएको निर्णय उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले गरेका छन् ।

थपिएको निषेधाज्ञा अर्थतन्त्र लाइ सामान्य चलाएमान गर्ने स्वरुपका साथ् गतिविधि बढाउन लागिएको छ । जस अनुसार हाल ९ बजेसम्म मात्र सञ्चालन हुँदै आएका खाद्य तथा तरकारी पसल अब बिहान ११ सञ्चालन गर्न पाइने भएको छ । स्टेसनरी तथा प्रिन्टिङ प्रेस सम्बन्धि ब्यबसाय समेत ११ बजेसम्म संचालन गर्न दिने निर्णय भएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार होटल , रेस्टुरेन्टहरूले भने टेकअवे सुविधा दिने गरि संचालन गर्न पाउने निर्णय भएको छ। होम डेलिभरी सेवाको हकमा ७ बजेसम्म खुला गर्ने निर्णय भएको छ ।

यसै गरि निर्माणसम्बन्धी सामग्रीका पसल साँझ ४ बजेदखि ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै, सहकारी संस्थालाई समेत सञ्चालन गर्न दिने निर्णय भएको छ । सवारीसाधन मर्मत गर्ने वर्कसप बेलुका ९ बजेसम्म नै खुल्ने पाउने एस अगाडिको निर्णय येथावत रहेको छ । स्वास्थ्य सावधानी तथा मास्क लगाई सचेत रहँदै अब बिहान बेलुका हिँड्नेलाई बाधा नपार्ने पनि निर्णय भएको छ। 

Loading...