गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज

काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको हो।
प्रदेशसभा सभामुख नेत्रराज अधिकारी , प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अलग-अलग पुनरावलोकन (भ्याकेट) को निवेद दर्ता गरिएको थियो ।
सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले पार्टीबाट दाेस्राेपटक निष्काशनमा परेका थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्काशनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।
यसअघि पार्टीकाे विधानविपरित सरकारकाे समर्थन गरेकाे भन्दै जनमाेर्चाले निष्काशन गरे पछि उनी त्यस निर्णयविरूद्द सर्वाेच्च अदालत पुगेका थिए ।

Loading...