मलाई नेता बन्ने हुटहुटि चल्यो

मलाई नेता बन्ने हुटहुटि चल्यो मेरो घरमा अभाव र भाेकमरि थियोे तर आएर भन्दियाे अभाव र भाेकमरिलाई परिपुर्ति गर्ने अान्दोलन मार्फत लडेर मात्रै प्राप्त हुन्छ मेरी आमा विरामि थिईन् हामी भेटाउन चाहान्थेउ आमालाई निकाे पार्ने अस्पताल तर उ आएर भन्दियाे तपाईंकाे आमाकाे उपचार राज्यको लापरबाहीले नभएको हाे त्यसैले यसका विरुद्धमा बाेल्नुपर्छ म हिड्दै थिए न्याय […]

भीममल्लहरू मारिएको यो देशमा

सतिले सरापेका यो देशमा भीममल्लहरू मारिएको यो देशमा भीमसेन थापाहरू सेरिएको यो देशमा दण्डित हुनु पर्न मान्छे सम्मानित हुन्छन् सम्मानित हुनु पर्ने मान्छे दण्डित हुन्छन् जेल जानु पर्ने मान्छे जेलर हुन्छन् जेलर हुनु पर्ने मान्छे जेल जान्छन् देशभक्तहरू फुकी फुकी हिंड्नु पर्दछ यहाँ लुकी लुकी बस्नु पर्दछ यहाँ देशघातीहरू त खुल्लमखुल्ला ढुकी ढुकी बसेका हुन्छन् […]

अचेल मलाई फूलहरुसँग रिस उठ्छ

मलाई अचेल, फूलहरुसँग रिस उठ्छ अर्थात बगैचाका फूलहरुसंग किनकि, मान्छे देख्नै हुँदैन मुस्कुराईदिन्छन बेमतलव ।। के काम छ र यी फूलहरूको न त भोक टर्छ न न्यानो दिन्छन फूलहरुले घरदेखी परसम्म, मन्दिरदेखी मसानसम्म पिछा नछाड्ने फूलहरू कोरोना भाईरस जस्तै छन हेर्दै भयानक र डरलाग्दा ।। फूलहरूले त, सुवास दिनु पर्ने हो खुसीमा मुस्कुराउनु पर्ने हो […]

चीट आपूर्ति गर्ने नाथुरामहरू

आठ पी.एचको फ्लोराइडयुक्त दाँतले ङिच्च हाँस्छ हुम्ला चामलको बोरामा चुलिएको विकास वस्तुविनियम गरेर कुन्तरे दाईको दाउराको भारीसँग थाकेको छ ! थाकेको छ ! ! त्यो बुढो धुपीकोरुख हेर्दा हेर्दा खस्न थालेको केशहरू छ्या ! दुर्गन्धयुक्त खैरेना दाँत यी सिमकोटीहरूका– गोड्दा गोड्दै रक्सीको भेलले डुबेर रक्सीमय भएको छ–जग्गा ! चुकिलो चुकिलो शिक्षाको अनुहार घ्याम्पेभुँडीले खाएर गुरुको […]

म खाज्दै छु सरकार

ती निमुखा नेपालीहरुको गाँसहरुमा हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा भत्किएका ती टहराका बासहरुमा अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा हो, म खोज्दैछु नेपाल सरकार । ति हरेक नेपाली मनको पिडा र पिरहरुमा ति अनकन्टार पहिरोले पुरीएको भिरहरुमा भेल बाढीले लथालिङ्ग खोला नदिका तिरहरुमा अनि सुस्ता र कालापानीका शिरहरुमा हो, म खेज्दैछु नेपाल सरकार । तर […]

सिजनल क्रान्तिकारी र देशभक्त

म अहिले क्रान्तिकारी भएको छु म देशभक्त पनि भएको छु पहिलेपहिले पनि म धेरै पटक क्रान्तिकारी ,देशभक्त भएको थिए फेरि अहिले एकपटक पुन भएको छु किनकी म सिजनल देशभक्त र क्रान्तिकारी हुँ किनकी म कतै भाग नपाएर बेहाल भएको छु। पहिले कहिलेकाही म सांसद नभएको पनि होइन म मन्त्री नभएको पनि होइन त्यतिखेर निदाएको मेरो […]

लाचारीको आँसुले भिजेका पछ्यौराहरु

गजल लाचारीको आँसुले भिजेका छन् आमाका पछ्यौराहरु जनताको हात बने न्यायको भीख माग्ने कचौराहरु कहाँ पुग्यो यात्री कुन्नि तर किनारमै छन् माझीदाइ आखिर कसले सम्झिन्छ र खोला तरेपछि लौराहरु आफूले सजाउने गला छान्न पाउँदैनन् सयपत्रीहरु इमानको दोसल्ला ओढी लाज पचाउछन् नकचराहरु

ठमेलको भट्टी पसलमा बसेर, गाउँको ठेकीमा पारिएको मोहीको कविता लेख्ने कविजस्तो

कविता: फरक पहिले तिमी हाँस्दा तिम्रा दाँतहरुमा टल्किन्थ्यो– झरनाको निर्मलता तिम्रो मुहारमा मुस्काउँथ्यो समाजको अतिक्रमणबाट मुक्त बालकको निर्दोषिता तिम्रा आँखाका ओठहरु र ओठका आँखाहरूको एउटै थियो भाषा अहिले पनि तिमी मुस्काउँछौ उहीँ ऊर्जा र भंगिमाकासाथ तर, तिम्रा दाँतहरुमा चम्किन्छ टुथपेस्टवाला बजारिया चतुरता अनुहारमा झल्किन्छ सुटिङ गर्नुअघिको घण्टौंको मेकअप तिमी आँखा र ओठहरु पर्खाल जोडिएर पनि […]

म धुरुधुरु रुन्छु

म जहाँ जान्छु लावालस्करले जयजयकार गर्छन शरीर नै पुरिने गरि मालाले ढाकी दिन्छन स्तर बमोजिमको भोज भतेर सबै हुन्छ मेरो मन भित्रैदेखि पुलकित हुन्छ तर जब म बिछ्यौनामा जान्छु म त बिग्रे क्याहो भनेर धुरुधुरु रुन्छु म त चिल्ला गाडी पनि चढ्छु म सुटेट बुटेट पनि छु फेरि अरुलाई नै सुकिला मुकिला नै देख्छु मलाई […]

आजको चर्चित गीतः तिमीहरू चुप लागेर बस

हामी सकेसम्म देश लुट्छौ तिमीहरू चुप लागेर बस हामी अरबौ अर्ब भ्रष्टाचार गर्छौं तिमीहरु सहेर बस हामी देशमा उत्पात मच्चाउछौं तिमीहरू रमिता हेरेर बस हामी आलोचकलाई निषेध गर्छौं तिमीहरु बिबेक थुनेर बस हामीहरू तिमीहरूलाई थुन्छौ, पिट्छौं, मार्छौं तिमीहरू आँखा छोपेर बस यो हाम्रो बेला हो तिमीहरुले चुप लागेर हेर्ने हो हामीहरुले हो तिमीहरुको भाग्य कोर्ने […]