मेलम्ची

लेखक
लेखक

मेलम्ची खानेपानीको
लामो प्रखाईमा थियो कान्तिपुर ।
मेरो देशका
प्रजातन्त्र गणतन्त्रवादीहरु
सत्तामा पुगेर
आधुनिक आत्मनिर्भर
देश वनाउन
कमिसनको खेलमा
वर्षौवर्ष लगाउँदै
ठेकेदार भगाउदै
अर्को वनाउँदै
योजना अल्पत्र पारेर
अनेकौ नाटक मन्चन गरे ।
तै पनि ,
संसद विघटन
जनमतमा पुगेर
वहुमत ल्याउन
अन्तरिम सरकारको
वहादुरी देखाउन
कार्य सम्पन्नता नभए पनि
उद्घाटनको रोमान्चकताले
मेलम्ची खानेपानी
क्रान्तिको भ्रान्तिपुरमा
खसाले ।
मेरो गाउ“को खानेपानी
फस्र्याेटको एकवर्ष
लथालि¨ भै पानी बन्द भो ।
पुनः मर्मत मागेको
कथा जस्तै
मेलम्ची खानेपानीमा
समस्या आएर
मर्मत गर्न बन्द थियो ।
अझै थपे
लोकतान्त्रिक गणतन्त्र पछि
तिन तहमा जन–उपस्थित
सरकारले,
डोजर स्काईभेटर लगाए ।
योजना चलाए
पहाड भत्काए
चारैतिरवाट आउने
खोला नदीहरुमा
ढु्ंगा माटो थुपारेर
कागज मिलाए
मेसिनबाट कमिसन खाए ।
मेरो निर्वाचित टपरेहरुले
कहिले सत्ताको भागवण्डा
आफ्नै पार्टी नमिलेपछि
बहुमतको सरकार
संसद विघठन
निर्वाचन आह्वान गरे ।
विपक्षी र सत्ताका पक्षका
केही विघठित संसदहरु
संसद
पुनः स्थापनाको मागमा
देशभर रोडमा चिच्याए ।
न्यायको अन्यालयमा पुगे ।
न्यायालयले सुनपानी छर्केर
संसद बिउझायो ।
मेरो देशको न्यायालय न हो
कहिले त्यही इस्युमा
संसद विघटनमा सही ठोक्छ ।
कहिले विझाउँछ ।
बहुमतको सरकार बनाएको
तीनवर्षपछि
थाहा पाउछ ।
तिम्रो पार्टी एक होइन
पहिले कै अवस्थामा जाउ ।
विचरा दुरदर्शी
समाजवादको खोल ओढेर
पञ्चायतको शब्द सापटी लिएर
भनु भने,
भुत्ला भएका
यी ब्वा“साहरु
निहुरी मुन्टी लगाएर
आ–आफ्नो पार्टीमा
फर्किन्छन ।
यी चोक –चोकमा
चटके नाच नाच्ने
नटुवाहरु
उज्यालोदिप लिएर
नकचरो हा“सो हा“स्दै
घिनलाग्दा
आरोप प्रत्यारोप
लगाउ“दै हिडेका
नैतिक नभएका
यातायातमा
भिख माग्ने
भिखारी जस्ता
नगर बधु जस्ता
कस्मेटिकमा सजिएर
उज्यालो दीप लिएर
मिलनविन्दु खोज्ने
तर,
आप्mनो पुरानो घरभित्र
आफैले परेका
अनेकौ धाजा देख्छन ।
वहुमत प्राप्त पार्टीका
बेसारे लार्भाहरु
दलीय नीति नियम मिचेर
प्रजातान्त्रिक मुल्य मान्यता
नैतिकतालाई धरौटी राखी
संक्रमणकालीन गणतन्त्रको
मेरो देशमा
सत्तामा बसी
राज्यको ढुकुटी
दुरुपयोग गरी
अकुत कमाउन ,
कोही विपक्ष्ँी गठवन्धमा
कोही सत्ताको भोकमा
वाडिन्छन ।
त्यही वेलामा
यी भतुवाहरुलाई
मत दिने हात पछार्छु
आफैलाई धिक्कार्छु ।
पुनः राष्ट्रवाद
माक्र्सवादको नाममा
वहुमत प्राप्त
सत्तामा पुगेका
टुक्के वाका
आफना लठैतहरु
जागिर बचाउन
रहे वा“चेको राष्ट्रवादलाई
समान्त गोयल
वालुवाटार बोलाएर
लम्पसार पर्दछन ।
उनकै तजविजमा
ठाकुर समूह फुटाएर
बहुमत लिने
निर्वाचनमा विजय हुने
सकट निम्त्याएर
निरुंकुश हुने
गोयलहरुको सपना
पुनः संसद आयु अन्त्य
सत्ताको निर्णय लिएर
पिएम
शितल निवास पुग्छन ।
टुक्के बालाई नै
पुनः पिएमको
टिका लगाईन
राति एकबजे
वालुवाटारको वास बासा“इनर््
आफ्ना लठौतहरु
जागिर बचाउन
रहेका बा“चेको राष्ट्रवादलाई
सामन्त गोयल
वालुवाटार वोलाएर
वहुमत लिने
निर्वाचनमा विजयी हुने
संकट निम्त्याएर
निरंकुश हुने
गोयलहरुको सपनामा
पुनः संसद आयु अन्त्य
सत्ता निर्णय लिएर
प्रम शितल निवास पुग्छन ।
पिएम हुन ,
एक्काईस घण्टामा
वहुमतको हस्ताक्षर लिएर
शितल निवास आउ“
निर्वाचन मिति तोकेर
महामहिम राष्ट्रपतिले
आह्वाान गरिन ,
सत्ता पक्षका टुक्के वा
विपक्षका वाचक नवुझिने
नेता शेरवहादुर
शितल निवास पुगे ।
यस पटक पनि
महामहिम राष्ट्रपतिले
टुक्के वालाई नै
पुनः पिएम को
टिका लगाईन
रातीको एक बजे
वालुवाटारको वास वसाईन् ।
नेपाल न हो ।
कोत, भण्डारखाल पर्व
नारायणहिटी त्रिसुली
पर्व हुँदै आएका छन ।
आडझै अपराधि
पत्ता लागेका छैनन ।
के यो वहुदलीय प्रजातन्त्र
सुन्दरताको पक्ष हो ?
मेरो बत्तीस वर्षे लक्का
जवान प्रजातन्त्र हेरेर
प्रजातान्त्रिककरण अभ्यास
निरंकुश जंगे शासन बिर्साउने
सामन्तवादको ठस्ठसी गन्धले
नाकमुख थुन्न मन लाग्छ ।
उही संसद विघटन
स्वच्छ निर्वाचन
विजयी ज्ञवालीलाई
पराजय गराएर
दाहाल जिताउने सपना
पुनः दुई तिहाई
सरकार बनाउने
नियुक्तिको सपथ ग्रहणमा
नाङ्गो नाच
ना“चेर देशवासी हसाउ“छन ।
यी जनघाती ब्वा“साहरु
हतार हतार सत्ताको बलमा
मेलम्चीको पानी
हाहाकार क्रान्तिपुर
हुँदै भान्तिपुरमा
खसालेर
हल्लै हल्लाको बहादुरी देखाउन
यी
विकास निर्माणका
पाखण्डे प्राविधिकहरु
हा“स्य व्यङ्ग्य गर्ने
नटुवाहरु
सत्तामा बसी
अनेक नाटक गरी
सत्ता भत्ता खाना
नैतिकता वैधानिकता
प्रजातन्त्र गणतन्त्रलाई
धरौटी राखी
पटकपटक संसद विघठन
सत्ता ग्रहन गर्दै
राज्यका अनेकौं अंगहरुको
दोहन गर्ने
पार्टी फुटाउदै
सत्ताको धुरीमा बसेर
कल्पना सपना बोकेर
पक्ष–विपक्षमा उभिएर
लामो छोटो रेसमा छन् ।
तिम्रो हतारे विकास
आज
मेलम्चीको वारीपारी
मावन वस्ती
मेलम्चीको भेलमा
हार गुहार गर्दै
विकासको निकास नपाई
कोभिड कहरकोे
दुर्घन्ध आइरहेको बेलामा
मेलम्चीको मानव वस्ती
विकासको निकास नपाई
कारुनिक स्वर चिच्चाउँदै
आत्मा विलिन हुँदै
बगिरहेछन् ।
थाहा छ तिमीलाई
हाम्रो यो बत्तीस वर्षे
प्रजातन्त्र गणतन्त्र
लक्का जवानी चढेको
विकासको कहानी हो ।
अब
हजारौ हजारको
बलिदानी प्राप्त
स्वतन्त्रता, मानवअधिकार
गुम्न सक्ने
साइरहन बजाईसके
अध्यादेशबाट नागरिताको
ठूलै पोको दिएर
फिजी सिक्कीम
बनाउने धुन बजाईसके
लेण्डुप दोर्जे नरबहादुरहरुले ।
म भने
वहुदलीय प्रजातन्त्र
लोकतान्त्रिक गणतन्त्र
संघीयता जन संविधान
शक्ति पृथकीकरण
स्वतन्त्र नेपाल
राष्ट राष्ट्रियता अटल
सजक मेरो चेतना
सृजनाको कलम मेरो
सधै–सधै
सजक भै उठिरहनेछ ।
२०७८÷०३÷१०
विनपा १० दिपनगर (सुर्खेत)

 

Loading...