जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

 

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐनले निर्धारण गरेको प्रकृया अवलम्बन गर्दै आधिकारिकताको विवाद निरुपण गरेकाले न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिने निर्णय गरे पछि यो निर्णय खारेजीको माग गर्दै ठाकुरले साउन १५ गते रिट दायर गरेका थिए ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगको निर्णयले कानुनी मान्यता समेत पाएको छ ।

Loading...