विमती

पृथ्वीबहादुर सिंह
पृथ्वीबहादुर सिंह

प्रजातन्त्र स्वतन्त्रताको
अग्रपंतिको मोर्चामा बसी
सुशासनका
आस्थावादको बखान गर्दै
निरंकुश सामन्तलाई भगाउन
हजारौ हजार सहिदको
लाम लगाउने
लाखौको घरवार रित्याएर
सामन्तवादकोे अन्त्य गरेर
जनमतले सत्तामा पुगी
सत्ता, भत्ता, लत्ताको लागि
आपसको बाँदर लडाई
वत्तीस वर्षे गणतन्त्र हेरेर
आत्मग्लानीले भारी हुन्छ ।
प्रजातन्त्र गणतन्त्र
संघीयता शक्ति पृथकीकरण
जनसंविधान बचाउन
सिर्जनामा पोखिन्छु ।
यी टपरे बुख्याचा
प्रजातन्त्र गणतन्त्रको
आस्था ओढेर
राज्यमा जनसेवा गर्न
नभएर भ्रष्टाचारी
कमीसन खोरी
सामन्ती संस्कार संस्कृति
छोडन नसकेका
जनता लुट्ने जागिरे
दलवादी राजनीतिज्ञहरुसँग
मेरो विमती छ ।
प्रजातन्त्र स्वतन्त्रता लागि
संधै मेरो चेतनाको
सृजनाको कलम
उठिरहनेछ ।
घुस दिने र घुस खाने
बसि खाने देशका शत्रु हुन्
बुख्याचा (तर्साउने भूत)

Loading...