गाँउमा डोजर आयो र सम्बृद्धि आयो

गाँउमा डोजर आयो र सम्बृद्धि आयो
पोहोर बारी बगायो अहिले घर बगायो ।।

दुई भाई छोरा मलेशिया पठाएदेखि त
आज गरीबले नि झुपडिमा टिन छायो ।।

भाषण सुनेर तालिमात्रै के पिटेकोथ्यो
सब तपाईकै लागि हो आश्वासन पायो ।।

बल्ल-बल्ल गाउँ छिरेको सिँहदरबारले
भटमास र गुन्द्रुकमा पनि कर लायो ।।

एकछाक मासु खान रहर गर्यो छोराले
ऋण थप्यो दशैले झन कंगाल बनायो ।।

गाँउमा डोजर आयो र त सम्बृद्धि आयो
पोहोर बारी बगायो, अहिले घर बगायो ।।

Loading...