अविश्रान्त अपराजेय यात्री

गजल

आफू आफ्नै मालिक हुँदैन जो ऊ साँचो दास हुन्छ
तीन त्रिलोक चौधै भुवन जिते पनि उदास हुन्छ

सिकारी भएको छ मान्छे अचेल सिकार पनि आफै
विश्वास नभएको प्रेमको डुङ्गा डुब्ने सधैं त्रास हुन्छ

खुशी खोज्दै पुतलीझैं जिन्दगी कैैले यता कैले उता
मनमा मङ्गल भए ढुङ्गामा नि देउताको बाँस हुन्छ

धर्मको पसलमा आस्थाको व्यापार मौलाएर के भो
आत्माको सौदाबाजीपछि मान्छे जिउँदो लास हुन्छ

कालो बादल फाट्नैपर्छ अनि खुला आकाश हुन्छ
महाविनाशको आँधी पछि पनि निर्माणको आश हुन्छ