आरोपित प्रधानलाई छुटाउन नगएको भए हुन्थ्यो,आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने – मन्त्री श्रेष्ठ

काठमाडौँ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको घटनामा आरोपित सरस्वती प्रधानलाई संरक्षण दिएको विषयमा आफू झण्डासहितको गाडीमा उनलाई छुटाउन नगएको भए हुन्थ्यो भन्ने महसूस भएको बताउनु भएको छ।

जातीय विभेदको घटनामा आरोपितलाई संरक्षण दिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोग र शिक्षामन्त्री श्रेष्ठबीच आज छलफल भएको हो । आयोगले जारि गरेको प्रेस बिज्ञप्तिमा अध्यक्ष तथा सदस्यहरुले जातीय विभेद सम्वन्धि रुप सुनारको घटनामा माननीय मन्त्रीको धारणा सम्वन्धमा चासो राख्नुका साथै यस किसिमको घटना नदोहर्याउन निर्देशन दिईएको उल्लख गरिएको छ।

चौतर्फ यसै बिषयमा आलोचना हुदा मन्त्री श्रेष्ठले यो घटनालाई नहुनुपर्ने घटना भएको बताउनु भयो ,र आगामी दिनमा यस प्रकारका घटना नदोहोरिनेमा आफू सचेत रहेको बताउनु भयो। 

टेलिभिजन कार्येक्रम प्रस्तुता रूपा सुनारले जातको कारण आफूलाई कोठा नदिएको भन्दै सरस्वती प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। महानगरीय प्रहरी वृत्त सिहदरवारमा सुनारले दिएको आधारमा प्रहरीले घरपेटी प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। 

गएको असार ९ गते हिरासतमा रहेकी प्रधानलाई मन्त्री श्रेष्ठ आफै प्रहरी वृत्तमा उपस्थिति भएर जमानतमा छुटाइ झण्डावाल गाडीमा राखेर प्रधानलाई घरसम्म पुर्‍याइदिएका थिए। 

जातीय विभेदलाई संरक्षण गरेको भन्दै आजै बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकका सहभागीले मन्त्री श्रेष्ठको राजीनामा मागेका छन्। 

Loading...