काठमाडौं । कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो । पहिलो चरणको […]
समाचार
जङ्गली च्याउले २ बालिकाको मृत्यु, ८ जना विरामी
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनीहरुको मृत्यु भएको हो । विषाक्त […]
प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन
काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन । विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । […]
संघीय संसदमा दर्ता गराएको गुठी प्राधिकरण विधेयक जलाइयो (भिडियो सहित )
काठमाडौ, २४ जेठ । सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेवाः समुदायलाई भूमिहीन बनाउँन खोजिएको भन्दै जलाइएको छ । शुक्रबार आयोजित गुठी बिधेयक र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रममा तत्काल सडक संघर्ष गर्दै नेवा: देय् दबूका अध्यक्ष नरेश कुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवा: राष्ट्रिय […]
हरिवन मालपोतमा अनलाईन सेवा शुरु
सर्लाही, २४ जेठ । सर्लाहीको हरिवन स्थित मालपोत कार्यालयमा शुक्रवारदेखि अनलाईनबाट सेवा प्रदान गर्न थालिएको छ । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले एक कार्यक्रमका बीच अनलाईन सेवाको शुभारम्भ गरेका छन । अहिलेको युग प्रविधिको युग भएकोले मालपोत कार्यालयमा अनलाईनबाट सेवा संचालन हुनु खुशीको कुरा भएको नगर प्रमुख प्रसाइको भनाइ रहेको छ । अनलाइनले अनावश्यक ढिलासुस्ती […]
बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्वकै शीर्ष स्थानमा
काठमाडौं २३ जेठ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्वकै शीर्ष दशमा पर्ने जनाएको छ । युनिसेफको अध्ययनअनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुन्छ । विश्वका ८२ मुलुकको तथ्यांकका आधारमा युनिसेफले गरेको अध्ययनका अनुसार बालविवाह धेरै हुने मुलुकहरू अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारेबियन […]
समुदाय भित्र गर्नुपर्ने काम लिएर आउन मेयर शाक्यकाे आग्रह
काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले समुदायभित्र भएका समस्या, बाँकी रहेका पुननिर्माण लगायतका कामहरु औल्याउन नगरबासीलाई अनुरोध गरेका छन । बिहिबार काठमाडौँ महानगर पालिका २१ वडा इकुबाहा: नास द्य मन्दिर पुननिर्माण पश्चात उत्घाटन कार्यक्रममा मेयर शाक्यले साे अनुराेध गरेका हुन् । उनले समुदाय भित्र गर्नुपर्ने कामको बारेमा महानगरलाई सूचना दिन आग्रह गर्दै […]
The 2nd Nepal Media Peace Forum to be held in Kathmandu
The 2nd Nepal media peace forum, “Voice of Press”, will be held in Kathmandu, Nepal on 8th of June. The forum will focus on promoting peace movement in Nepal and raising awareness of media responsibility for the establishment of international law for peace based on the Declaration of Peace and Cessation of War (DPCW). […]
चट्याङले लागेर गौमुखीमा शिक्षककाे मृत्यु
प्युठान । चट्याङले लागेर प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको रहेको प्रहरीले जनाएको छ । गएराति पानीसहित परेको चट्याङ लागेर आचार्यको घटनास्थलमै मृत्यु भएको हो । उनलाई घरमै सुतिरहेको बेला चट्याङले लागेको थियो ।
प्रहरीले सुरु गर्यो नेवार भाषा सहायता केन्द्र
काठमाडाैं । नेपाल प्रहरीले उपत्यका भित्र रहेका प्रहरी परिसर, वृत्तमा सेवाग्राहीसँग नेपाल भाषा (नेवार भाषा) भाषा बाट नै सेवा दिने भएको छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत याे सेवा सुरु गर्न लागेकाे हाे । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसँग नेवा: भोलन्टियर्सका अध्यक्ष मनोज नेवा खड्गी, नेवा: पत्रकार समूहसँग भएको छलफल अनुसार सबैलाई सहजी करण […]










