समुदाय भित्र गर्नुपर्ने काम लिएर आउन मेयर शाक्यकाे आग्रह

काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले समुदायभित्र भएका समस्या, बाँकी रहेका पुननिर्माण लगायतका कामहरु औल्याउन नगरबासीलाई अनुरोध गरेका छन ।

बिहिबार काठमाडौँ महानगर पालिका २१ वडा इकुबाहा: नास द्य मन्दिर पुननिर्माण पश्चात उत्घाटन कार्यक्रममा मेयर शाक्यले साे अनुराेध गरेका हुन् । उनले समुदाय भित्र गर्नुपर्ने कामको बारेमा महानगरलाई सूचना दिन आग्रह गर्दै सहयोग गरिदिन पनि आग्रह गरे । आफुहरु समुदायबाटै छानिएर जनप्रतिनिधि भएका कारण समुदाय भित्रका कामलाई पहिलो प्राथमिकतामा राखेको मेयर शाक्यकाे भनाइ थियाे । 

कार्यक्रममा प्रमुख अतिथि प्रदेस सभा संसद अजय क्रान्ति शाक्य, विशिष्ट अतिथि संघीय संसद कृष्णगोपाल श्रेष्ठ, २१ वडाका वडा अध्यक्ष उदय चुडामणि बज्राचार्य लगायत विभिन्न समुदायका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । पाँच स्थानीय समुदायिक गुठी आबद्ध रहेकाे मन्दिर करीब सात लाखको खर्च गरेर पुननिर्माण सम्पन्न भएको निर्माण समितिका सदस्य राजुराज डंगोलले जानकारी दिए । 

Loading...