भक्तपुर, २५ जेठ । बञ्चरोले हानेर श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । विहिबार राति चाँगुनारायण नगरपालिका –७ खरिपाटी वागेश्वरीमा भोजपुर चरनदीका उमेश माझीले आफ्नै श्रीमती २८ वर्षीया सलेना माझीको टाउकोमा बञ्चरोले हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार स्थानीय राममाया कार्कीको घरमा […]
समाचार
जनकपुरबाट नेपालगञ्ज जाँदै बस गरेको दुर्घटना, यस्तो छ क्षतिको विवरण
दाङ, २५ जेठ । दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान दुर्घटना भएको हो । बस दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मद रहेकी रहेकी छन् […]
हङकङ आकर्षक रोजगार लगाइदिने बहानामा डेढ करोड ठग्नेलाई कारबाहीको माग (विज्ञप्ति सहित)
काठमाडौं, २४ जेठ । आकर्षक कमाई देखाएर आफुहरुलाई एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगी गरि फरार रहेकाे भन्दै गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न सरकारसँग पीडितहरुले माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पीडितहरु यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले बिहीबार पत्रकार सम्मेलन गरेर आफन्त भनिएका […]
गैर न्यायिक थुनामा रहेका आस्थाका बन्दीहरूसँग अधिकारकर्मीद्वारा भेटघाट
काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापा र इलाममा रहेका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने राजनीतिक बन्दीहरुलाई मानवाधिकारवादीहरुको टोलीले भेटघाट गरेको छ । प्रहरी हिरासतमा रहेका नेकपका केन्द्रीय सदस्य किरण राईलसहित ४ जना राजनीतिक आस्थाका बन्दीहरुलाई मानव अधिकारकर्मी र पत्रकारहरुको टोलीले बिहीबार भेटघाट गरेको हो । त्यस्तै सुनसरीबाट समातिएका सुरज राई, सुरेश रार्ई, राेशन ढकाल, माेहन कार्की, लक्ष्मण कार्की, […]
इन्चार्ज र सेक्रेटरीसहित नेकपाका चार नेता रिहा, केन्द्रीय सदस्य राइ छुटेनन्
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित करिब दर्जन नेताहरु रिहा भएका छन् । अदालतको आदेशमा मंगलबार सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो र पार्टीको युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल रिहा भएका हुन् । उनीहरुलाई रिहा गर्ने अदालतले आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको […]
ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो
एजेन्सी । ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा परि हराइरहेका खोजी तीब्र पारिएको छ । अग्नी नियन्त्रकलाई सेनाले समेत सघाइरहेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेको संख्या ६२ पुगे पनि यो संख्या बढ्न सक्ने आशंका गरिएको छ । ज्वालामुखी विष्फोटका कारण प्रभावित हजारौं मानिसलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा […]
अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द
काठमाडौं । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो । राजनीतिक र अन्य केही दबाबले विश्वकप पूर्व ईजरायलसँग खेल्ने तय भएको अभ्यास खेल रद्द गर्नुपरेको अर्जेन्टाइनी खेलाडी गोन्जाले हिगुवानले पुष्टी […]
फ्रेन्च ओपन टेनिस: नोभाक इटालीका मार्कोसँग पराजित
काठमाडौं । जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा १२ पटक प्रमुख उपाधिमा कब्जा जमाएका नोभाक डिजोकोभिक मार्को सेचिनातोसँग मंगलबार ६-३, ७-६(४), १-६(११) ले स्तब्ध बनेका छन्। उनी सेमिफाइनलमा प्रवेश गरेका छन्। जीतसँगै मार्को चालिस वर्षमा ग्राण्ड स्लामको सेमिफाइनलमा पुग्ने पहिलो इटालियन पुरूषसमेत बने। सेमिफाइनल प्रवेश गर्न सफल भएपछि मार्को मैदानमै रोएका थिए। मार्कोले फाइनलका लागि स्थान […]
जनयुद्धकालिन माओवादी पार्टीले बनायो ७ सदस्यीय हेडक्वाटर (नामसहित)
काठमाडौँ । तत्कालिन माओवादी केन्द्रले एमालेसँग गरेको एकताको विरोध गर्दै विमल अधिकारीको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले हेडक्वाटर गठन गरेको छ । एमालेसँगको एकतालाई आत्मसपर्ण भन्दै अधिकारीको नेतृत्वमा जनयुद्धकालिन पार्टीलाई ब्यूँताइएको हो । अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । हालै बसेको बैठकले पार्टीको प्रबक्तासहित हेडक्वाटर ७ सदस्यीय हेडक्वाटर बनाइएको छ । […]
लोकसेवा आयोगले निर्माण गर्यो ‘रणनीतिक योजना’
काठमाडौं, २२ जेठ । लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई […]









