काठमाडौं । प्रिमनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ । मौसमविद्को भाषामा केही […]
समाचार
धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु
धनुषा । धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको हो । सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला […]
विश्वकप लागि जर्मनीको अन्तिम टोली घोषणा
काठमाडौं। साविक विजेता जर्मनीले आगामी हप्ता रुसमा सुरु हुने विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक वाकिम लोले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा इङ्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी लेरोए साने भने अटाएनन् । सानेले दुई दिनअघि मात्रै अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खेलमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका अर्का […]
पाकिस्तानी सेनाले भन्यो- भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना छैन
काठमाडौं। पाकिस्तानका एक उच्च सैन्य अधिकृतले भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नरहेको बताएका छन् । पाकिस्तानी सेनाको सञ्चार विभागका प्रमुख मेजर जनरल आसिफ गफुरले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएकाले युद्धको कुनै सम्भावना नभएको बताए । रावलपिण्डीका पत्रकार सम्मेलन गर्दै मेजर जनरल गफूरले नियन्त्रण रेखामा भारतले सन् २०१७ र २०१८ बीच सबैभन्दा बढी युद्धविराम […]
१० लाख लाइसेन्सको ठेक्का प्रकृया अगाडि बढाउदै यातायात विभाग
काठमाडौं। यातायात व्यवस्था विभागले साउन अगावै १० लाख स्मार्ट कार्ड (लाइसेन्स)को लागि ठेक्का प्रकृया अगाडि बढाउने भएको छ। आगामी वर्ष स्मार्ट कार्डको अभाव हुन नदिन अहिले नै ठेक्का गर्नुपर्ने भएकोले यो आर्थिक वर्ष भित्रै ठेक्का गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए। ठेक्का प्रक्रियाको लागि विभागले तयारी सुरु गरिसकेको उनले बताए। […]
अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प
वीरगन्ज। बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प भएको छ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो । आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ ।ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई […]
पशु चोर्न २५ जना किसनाको हत्या
काठमाडौँ। सुन्दा पनि विश्वास नलाग्ने तर सत्य घटना पशु चोर्न किसनाहरुको नरसंहार । यो घटना नाइजेरियाको हो । उत्तरी राज्य जाम्फरामा पशु चोरहरुले २५ भन्दा बढी मानिसको हत्या गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जानोका गाउँमा मोटरसाइकलमा आएका पशु चोरहरुले अन्धाधुन्ध गोली हान्ने र किसानहरुको घरमा आगो लगाएका थिए । राज्य सरकारले विगत सात वर्षमा […]
आज ८ विद्यार्थी संगठनको शैक्षिक हड्ताल (विज्ञप्तिसहित)
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आज शैक्षिक हड्ताल घोषणा गरेका छन् । नीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न […]
फेरि किन नेपाल आउदैछन् नरेन्द्र मोदी ? यस्तो रहेछ कारण
काठमाडौँ । नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । विमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउने भएका हुन् । मन्त्रिपरिषदको आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो । आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । […]
महिलाको संख्या नपुगेपछि नेकपा अन्डरलार्इनको दर्ता हुन सकेन
काठमाडौं, २१ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगरेकोले दल दर्ताका लागि कठिनाई भएको बताए । उनले आयोगको […]











