नाम इश्वरी काम राक्षसी : यसरी गरिन् इश्वरीले आफ्नै आमाको हत्या

२४ घण्टा नबित्तै प्रहरीले पायो सफलता

काठमाडौं,१६ असार। भक्तपुरमा आइतवार भएको एक जेष्ठ नागरिकको हत्यामा उनकै छोरीको संलग्नता खुलेको छ । खरिपाटीस्थित छोरीको डेरामा आश्रय लिई बस्दै आएकी ६० वर्षिया आमाको उनकै २७ वर्षीया छोरीले हत्या गराएको खुलेको हो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ बाडेगाउँ घर भइ भक्तपुरको खरिपाटीमा छोरी इश्वरी भट्टराईको साथमा बस्दै आएकी ६० वर्षीया सावित्रा भटराईको आइतवार बिहान १०:३० बजेको समयमा अज्ञात समुहले घाटी रेटी हत्या गरेको थियो । हत्याको अनुसन्धानमा जुटेको प्रहरीले २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाएको हो ।घटना थाँहा पाए लगत्तै महानगरीय प्रहरी अपराध महाशाखाको टोली अनुसन्धानमा खटेको थियो । हत्यामा संलग्न भएका ३ जनाले भटराईकै छोरी इश्वरी भट्टराईकोको निर्देशनमा हत्या गरिएको बताएपछि उनीहरुलाई प्रहरीले सार्वजनिक गर्न सफल भएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमवार पत्रकार सम्मेलन गर्दै सो हत्या छोरी इश्वरीको निर्देशनमा भएको तथ्य सार्वजनिक गरेको छ । आमाको हत्या गराएको इश्वरीले स्वीकार गरेको महाशाखाका एसएसपी शहकुल थापाले जनकारी गराए ।

किन आफ्नै छोरीले गरिन् आमाको हत्या

छोरी इश्वरी विवाहित हुन् । उनको श्रीमान् होटल व्यवसाय गर्छन् र उनीहरुको एउटा छोरा पनि छ । बाहिरबाट हेर्दा उनको सुखी घरवार देखिए पनि उनी विवाहेत्तर सम्बन्धमा थिइन् । केहि वर्ष अघि गार्मेन्टमा काम गर्दा उनको सहकर्मी सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँग सम्बन्ध झांगियो । प्रेमी नौसादसंगको सम्बन्ध आमाले थाहा पाएपछि आमाले यो कुरा स्वीकार गर्न सकिनन् । आफ्नो हुदा खादाको राम्रो परिवार बिगारेर अर्कै धर्मका युवाको पछि नलाग्न आमाले चेतावनी दिदै आएपछि छोरी इश्वरीले आमालाई आफ्नो बाटोबाट पन्छाउने योजना बनाइन् र उनी आफ्नै आमाको हत्यामा संलग्न भईन ।

कसरी गरियो हत्या

अबैध सम्बन्धको बारेमा आमा सावित्रीलाई थाहा भएपछि उनले नै छोरीको प्रेमी नौसादलाई १ लाख दिएर युएइ पठाई दिइन् । टाढा भएपछि एक अर्कालाई बिर्सेलान् भन्ने आमाले सोचेकी थिइन् तर छोरी र उनको प्रेमीले सामाजिक संजाल मार्फत जोडिएर आमाको हत्या योजना बनाए । जेठमा युएइ गएका नौसाद असार १० गते नै यूएईबाट फर्किए । त्यसपछी  १२ गते भारत गएर उनले अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाई लिएर १४ गते नेपाल आए । प्रहरी अनुसन्धानको क्रममा यी २ जना कन्ट्राक्ट किलर भएको खुलेको छ । कन्ट्राक्ट किलर अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाइ लिएर नौसाद १५ गते बिहान खरिपाटी पुगे । योजना मुताविक छोरी इश्वरी दिदीको घर गै हत्याको बातावरण बनाइदिएकी थिइन् । बिहान १० : ३० बजेको समयमा अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाइ लिएर पुगेका नौसादसमेतले ६० वर्षिया सावित्रीको घाटी रेटी हत्या गरेर फरार भएका थिए ।

Loading...