एसईई पूरक परीक्षामा ग्रेड वृद्धिका लागि सबै सहभागी हुन पाउने

९ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तीन साता बाँकी रहँदा सरकारले सबै विद्यार्थी ग्रेड वृद्धिका लागि सहभागी हुनसक्ने निर्णय गरेको छ। अघिल्लो वर्षसम्म दुई वा कम बिषयमा सी वा कम ग्रेड ल्याउने विद्यार्थीहरू मात्रै पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो। गत वर्ष एसईईमा सहभागी चार लाख ७५ हजार विद्यार्थीमध्ये झण्डै […]

सुप विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

९ साउन, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगर झण्डै तीन महिनादेखि ठप्प रहेको छ । तीन महिना अघि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी अझै खुल्न नसकेको हो । विश्वविद्यालयमा तालाबन्दी भएपछि कामकाज भने त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नै निवासबाट हुने गरेको छ । विश्वविद्यालयको काम रजिस्टार गोविन्द बिष्टको निवासबाटै सम्पादन हुने गरेको […]

सरकारलाई देउवाको दनक : हेलिकप्टरबाट हेरेर फर्कने, भारतसंग बोल्न नसक्ने

Sher Bahadur Deuba

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय बाँधका कारण तराइमा डुबानको समस्या हुँदा पनि सरकार मौन रहेको भन्दै आलोचना गरेका छन् । बाढी पहिरोले देशभर ठूलो जनधनको क्षते हुँदा सरकार हेरेर मात्र बसेको उनको आरोप छ । बुधबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले सरकारलाई सोधे, हेलिकप्टरबाट हेरेर मात्र हुन्छ ?” डुबान […]

एक हप्तामै बाढी पहिरोबाट एक सय आठ जनाको मृत्यु, ३३ बेपत्ता

९ साउन, काठमाडौं । गत असार २६ गतेयता आएको अविरल वर्षाका कारण १ सय ८ जनाको ज्यान गएको, ३३ जना वेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापाले उनीहरुको राहत तथा उद्धारका लागि तीनै तहको सुरक्षा निकायको समेत उचित परिचालन गरिएको बताए। बाढी, पहिरो र डुबान पीडितको राहत, […]

बाढी प्रभावित सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

सुर्खेत, ९ साउन । कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सांसद पद्मा खड्का, कर्णाली […]

बोरिस जोनसन बने बेलायतको नयाँ प्रधानमन्त्री

९ साउन, एजेन्सी । बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री चुनिएका छन् । सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले बेलायतको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका हुन् । बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरेका थिए । त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन […]

फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

९ साउन, एजेन्सी । व्यक्तिका गोपनीयता हिनामिना गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुकलाई हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना गरिएको छ । अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी०का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन। एफटीसीले राजनीतिक परामर्शदाता […]

बाढी प्रभावित उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने

विराटनगर, ९ साउन । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । […]

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा, मस्तीमा सरकार

धनगढी, ९ साउन । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर […]

सवारीसाधनको ठक्करबाट मृत्यु

दमौली, ९ साउन । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ […]