एसईई पूरक परीक्षामा ग्रेड वृद्धिका लागि सबै सहभागी हुन पाउने

९ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तीन साता बाँकी रहँदा सरकारले सबै विद्यार्थी ग्रेड वृद्धिका लागि सहभागी हुनसक्ने निर्णय गरेको छ।

अघिल्लो वर्षसम्म दुई वा कम बिषयमा सी वा कम ग्रेड ल्याउने विद्यार्थीहरू मात्रै पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो। गत वर्ष एसईईमा सहभागी चार लाख ७५ हजार विद्यार्थीमध्ये झण्डै तीन लाख ६० हजार विद्यार्थीले कम्तीमा एक विषयमा सी वा कम ग्रेड ल्याएका छन्। शिक्षा मन्त्रालयको नयाँ परिपत्र अनुसार ती सबै पूरक परीक्षाका लागि योग्य ठहरिनेछन्। ‘तर ती सबै परीक्षामा सहभागी हुने सम्भावना निकै कम छ,’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।

शुक्रवारसम्म फारम भर्ने समय दिइएकाले त्यसपछि मात्र भदौको परीक्षामा कति सहभागी हुनेछन् भन्ने थाहा हुनेछ। सरकारी अधिकारीहरूले यो मूख्य परीक्षाजस्तो हुने भएकाले छिटो तयारी चुनौतीपूर्ण भएको बताएका छन्। दुईवटा विषयका लागि मात्र पूरकको अवसर दिँदा त्यो सङ्ख्या एक लाख १५ हजार हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ। भदौ महिनाको सुरुबाटै पूरक परीक्षाका लागि संशोधित सूचना जारी गरिएको छ। अधिकारी भन्छन्, ‘यो पूरक परीक्षाजस्तो नै भएन, नियमितजस्तो भयो। यो पूरकको मर्मअनुसार नभए पनि राज्यले सहुलियत दिएको रूपमा हेर्नुपर्ला।’

यो पनि हेर्नुस्

एसइइमा कम ग्रेड पाएका लाखौ विद्यार्थीले थाहै नपाइ पाए राहत

 

Loading...