अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै पैसा तिर्न सकिने

९ साउन, काठमाडौं । अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै भुक्तानी गर्न पाइने भएको छ । यस अघि विदेशी एकाउन्टबाट मात्रै भुक्तानी गर्न पाइन्थो ।

नेपाल राष्ट्र बैंकले नेपालबाट अनलाइन तथा सामाजिक सञ्जाल विज्ञापन गर्दा भुक्तानीको वैधानिक ढोका खोलिदिने भएको हो ।

मौद्रिक नीतिबाट बैंकले यसका लागि कानुनी व्यवस्था गरिने बताएको छ। सामाजिक सञ्जाल तथा अनलाइनमार्फत् हुने विज्ञापनवापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिने नीति सार्वजनिक गर्ने गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए।

मौद्रिक नीति मार्फत् घोषणा भएको यो नियम यही वर्षभित्रै कार्यान्वयनमा आउने बताइएको छ।

हाल नेपालीहरुले व्यक्तिगत तहबाट कुनै पनि वस्तु तथा सेवाको खरदिमा विदेशमा मुद्रामा भुक्तानी गर्न पाउँदैनन्। यही व्यवस्थाका कारण नेपालीहरुले विदेशी च्यानलको प्रयोग गर्ने गरेका छन्।

सामाजिक सञ्जालहरु गुगल, युट्युव, फेसबुक लगायतमा विज्ञापनमार्फत करोडौं रकम गैरकानूनी रुपमा विदेशिने गरेको थियो । अब ति सबै वैधानिक बाटोमा आउने भएका छन् । यसले करको दायरासमेत फराकिलो हुने भएको छ ।

Loading...