सरकारलाई देउवाको दनक : हेलिकप्टरबाट हेरेर फर्कने, भारतसंग बोल्न नसक्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय बाँधका कारण तराइमा डुबानको समस्या हुँदा पनि सरकार मौन रहेको भन्दै आलोचना गरेका छन् ।

बाढी पहिरोले देशभर ठूलो जनधनको क्षते हुँदा सरकार हेरेर मात्र बसेको उनको आरोप छ । बुधबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले सरकारलाई सोधे, हेलिकप्टरबाट हेरेर मात्र हुन्छ ?” डुबान पीडितलाई राहत दिन केन्द्र सरकारमात्र होइन, स्थानीय सरकार समेत नपुगेको देउवाले दावी गरे । उनले तत्काल अत्यावस्यक सामाग्री उपलब्ध गराउन समेत माग गरे ।

’सरकारले भारतसँग कूटनीतिक पहल गरेर गौरलगायत मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्ने उनले बताएका हुन् । सभापति देउवाले तराईका बस्तीहरू वर्षेनी डुबानमा परेको भन्दै भारतसंग कूटनीतिक पहलबाटै डुबानको स्थायी समाधान खोज्नुपर्ने बताए ।

संसदको बैठकमा सम्बोधन गर्दै देउवाले भारतसँग कूटनीतिक पहल गरेर डुबानको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिंदै भने,” हामी एक भएर समस्याको समाधान खोज्न लाग्नुपर्छ ।”

आफूले बिपतको दीर्घकालीन समाधानको लागि सरकारलाई सहयोग नै गर्ने भन्दै उनले यसलाई राजनीतिको रुपमा बुझ्न नहुने पनि जिकिर गरे । तराईमा बस्तीहरू डुबानमा परेको र पहाडमा पहिरोले जनधनको क्षति भए पनि सरकार गम्भीर नभएको देउवाको भनाइ छ ।

Loading...