सप्तरीबाट आएको बस हेटौडा छोडेर चालकले अर्को बसमा यात्रु राखेर ल्याएको खुलासा

धादिङ, ११ कार्तिक । त्रुशुली नदीमा खसेकाे बसका चालकले साे बस बाटाेमै फेरेर ल्याएकाे खुलासा भएकाे छ । उक्त दुर्घटनामा परी ज्यान जानेकाे सङ्ख्या अहिलेसम्म ३१ पुगेकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडाै अाउँदै गरेकाे रात्रीबस शनिवार बिहान ५ बजेतिर यात्रुसहित त्रिशुली नदीमा खसेकाे थियाे । राजविराजबाट ना ६ ख १४६८ नम्बरकाे बस चालकले ल्याएका […]

त्रिशुलीमा खसेकाे रात्रीबसबाट ११ काे शव निकालियाे, ३० बढी अझै वेपत्ता

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना […]

यस्ताे कार पाए नेपाल अाइडल बुद्ध लामाले पुरस्कार वापत

काठमाडौं, ११ कार्तिक । नेपाल अार्इडलका विजेता बुद्ध लामाले कार पाएका छन् । उनलार्इ अन्‍नपूर्ण मिडिया नेटवर्कले बुद्धलाई प्रथम पुरस्कार स्वरुप महिन्द्रा केयुभी वान हन्ड्रेड कार उपलब्ध गराएकाे हाे । त्यससँगै उनलार्इ २० लाख नगद पनि प्रदान गरिएकाे छ । बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको […]

विल गेट्सलार्इ उछिन्दै अनलार्इन कम्पनीका मालिक बने विश्वकै धनी

एजेन्सी । अनलार्इन काराेवार कम्पनी अमेजनका मालिक जेफ बेजाेस विश्वकाे नम्बर एक धनी बन्न सफल भएका छन् । विश्वका सबैभन्दा धनी मानिएका विलगेट्सलार्इ उछिन्दै बेजाेस नम्बर एक बनेका हुन् । उनी विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ समेत छन । फोब्र्स पत्रिकाले गरेकाे सर्वेक्षणबाट बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा देखिएका हुन् […]

क्याटेलोनियामा स्पेनको प्रत्यक्ष शासन लागु, संसद र मन्त्रिपरिषद खारेज

एजेन्सी । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव […]

त्रिशुली नदीमा अर्को यात्रुबस खसेर वेपत्ता

धादिङ, ११ कार्तिक । त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेकाे हाे ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बिहान अँध्यारोमै गाडी नदीमा खसेकाे खबर […]

छठका लागि सरकारले दियाे बिहीबार र शुक्रबार दुर्इ दिन विदा

काठमाडौं, ९ कार्तिक । गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला सरकारले थप एक दिन बिदा दिएको हो । सरकारले आज पनि छठको अवसरमा सार्वजनिक […]

सञ्चार मन्त्रालयमा गुरुङलाई हटाएर अधिकारीलाई अधिकार

काठमाडौँ, ८ कात्तिक । सूचना तथा सञ्चार मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सरकारले केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको हो । नवनियुक्त सचिव अधिकारीले बुधवार पदभार ग्रहण गरेका छन् । मन्त्रालयले बुधवार सचिव अधिकारीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उनले आफ्नो कार्यकालमा सूचना प्रविधिको सुविधालाई जनतासम्म पहुँच पु¥याउन नीति निर्माणमा […]

यसरी बिक्री हुन्छन भन्सार कर्मचारी

काठमाडाैं, ७ कार्तिक । १३ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ । […]

मेसी र नेयमारलार्इ निरास पार्दै राेनाल्डाे बने फेरि फिफा वर्ष खेलाडी

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिने । सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली […]