देवीदेवताको खट जात्रा ‘पाँहाचह्रे’ र किम्वदन्ती

काठमाडौं, २३ चैत । आज राजधानीमा पाँहाचह्रे जात्रा मनाइदैछ । यो जात्राका पछाडि अनेकौ रोचक कहानी छन् ।

पाँहाचह्रे जात्रा प्रत्येक वर्ष घोडेजात्राको भोलिपल्ट मनाइन्छ । नेवार समुदायले मनाउने महत्वपूर्ण पर्वका रुपमा रहेको पाँहाचह्रे जात्रा तीन विभिन्न स्थानमा रहेका अष्टमात्रिका ुअजिमा, असनमा भेला गराई एकापसमा मिलन गराइन्छ ।

यो उपत्यकाको अलग परम्परा र संस्कृति बोकेको जात्रा हो । चतुर्थीदेखि उपत्यकामा प्रत्येक वर्ष अस्तमात्रुका देबीको जात्रा पाँहाचह्रे अर्थात पाहुना र चतुर्थी आफ्नो घर टोल वरपर सरसफाई मनाउने चाड पनि हो । जाडो याम सकिएसँगै सुख्खा गर्मी यामबाट हुनसक्ने संक्रमण र हावाहुरी पनि सुरु हुन लागेको सङ्केत स्वरूप भैपरि आउने संकटबाट मुक्त हुन सकेको सचेत रहने सूचनाको चाड पनि हो यो ।

आज शनिवार असनमा देवीका तीन दिदीबहिनी भद्रकाली, स्वेताकाली, महालक्ष्मी चामुण्डा, कन्केश्वरीका खतहरु एकआपसमा परिक्रमा गरी यो जात्रा धुमधामका साथ मनाईंदैछ । यस क्रममा तीन दिदी बहिनीको खत जुधाउने नभई एक अर्कालाई आदर र सम्मान गरिन्छ । दियोसहितको चिलाख साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खत जुधाउने भन्ने प्रचलन पनि रहि आएको छ । खत असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ । यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ ।

यसक्रममा बिशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ । असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ । पशुपति भुवनेश्वारीबाट गएको सप्ताह पाँहाचह्रे भोज बोलाउने जात्र ुुदुरू च्या च्या ुु बोलको बाजा बजाई भुवानेश्वरि (बत्सलेस्वरी) का पुजारी, भण्डारी सानो खतमा शिवलिंग राखी देवीलाइ निमन्त्रणा गराएका थिए । बत्सलेस्वरीलाई देवीहरुका आमाका रुपमा मानिने गरिछ । 

 

पाँहाचह्रे मनाउनुको पौराणिक कारण यस्तो छ

किम्बदन्ती अनुसार उपत्येकाका ८ अस्तमात्रुका मध्ये सबै दिदि बहिनीको जमघट भोजमा जेठी दिदी इन्द्रायनी साह्रै गरिब थिइन । पुराना लुगा लगाएर विना गहना उनी सो भोजमा सरिक हुँदा सबै बहिनीबाट उनी हेपिएको बताइन्छ । अनि उनका बच्चाहरुलाई समेत केही खान नदिएकोले उनले साह्रै चित्त दुखाएर फर्किन । फर्कन क्रममा भोकै रहेका आफ्ना बच्चाहरुलाई ख्वाउन बाटोमा एउटा फर्सी टिपेर घरमा लगिन । घरमा लगेर उनले फर्सी उसिनिन तर तर त्यतिबेलासम्म उनका बच्चाहरु निदाई सकेका रहेछन । त्यो फर्सी त्यसै रहयो । भोलि बिहान हुँदा त्यो फर्सी पूरै सुनमा परिणत भयो । त्यो कुरा सबैतिर फैलियो । सबैले उनको घरमा फर्सी कसरी सुनमा परिणत भयो भन्ने थाहा पाए ।

अर्को वर्ष त्यसैगरी उनी भोजमा गइन । तर, अनौठो भयो । त्यहाँ उनले आफुलाई भने भिन्नै सत्कार पाइन । भोजमा उनलाई ८४ व्यञ्जनबाट स्वागत गरियो । तर, उनी र उनका बच्चाहरुले त्यो व्यञ्जन आफ्नो गहना र वस्त्रमा दले । आस्चार्य चकित हुँदै बहिनीहरुले सोधे, “किन यसो गरेको ?”

जवाफमा उनले भनिन, “तिमीहरुले मलाइ सम्मान गरेको होइन । यो गहना र वस्त्रलाई पो सम्मान गरेको हो त्यसैले यसैलाइ ख्वाएको ।” यति भनेपछि उनी त्यहाँबाट फर्किन ।

त्यसैले इन्द्रायनीको जात्रा छुट्टै यो जात्रामा नपरी बाला चतुर्दशीका दिन गरिन्छ भने बाँकी भद्रकाली, स्वेताकाली, महालक्ष्मी चामुण्डा लगायतका देवताका तीन दिन खट जात्रा गर्ने परम्परा रहिआएको छ ।

तस्बिरमा सबैभन्दा कान्छी ृरातो े कन्केस्वरीले आफ्नो दिदी चामुण्डाृ निलो े र भद्रकाली ृपहेलोेलाइ परिक्रमा गरिदै ।

झीगु संस्कृति झीगु तजिलजीबाट