आँधीले भत्काएको घरमा पुरिएको २ घन्टापछि जिवितै निस्किए यी बालक

बारा । गत आइतबार आएको हावाहुरीमा बारामा एउटा अचम्मको घटना घटेको छ । एक १२ वर्षीय बालक ठूलो हावाहुरीबाट भत्किएको घरमा पुरिएको २ घन्टापछि जिउँदै निस्किएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेता गाउँपालिका पुरन्हीयाका १२ वर्षका जागिर अन्सारी यसरी पुरिएको २ घन्टापछि जिउँदै निस्किएका हुन् ।

जागिर अन्सारीको घरमा पाँच परिवार थियो । रातको समय भएकाले सबै जना घरमै थिए । एक्कासी ठूलो हावाहुरी चल्यो र उनको घर भत्कियो । बालकलाई ठूलो हावा आएको र घरको इट्टा खसेकोसम्म थाहा छ । त्यसपछि उनलाई केही पनि थाहा छैन । उनले आफूलाई पछि अस्पतालको बेडमा पुगेको मात्र थाहा पाए ।

स्थानीयका अनुसार उनी करिब २ घण्टा पुरिएका रहेछन् । २ घण्टाको लामो प्रयासपछि उनलाई उद्दार गरे । त्यसपछि उनलाई अस्पताल लगियो । अस्पतालमा बल्ल उनको होस् आयो । उनको घरका अरु बाँकी ४ जना परिवार पनि अस्पतालमै थिए । तर, उनलाई अरुको अवस्था के कस्तो छ भन्ने केही थाहा छैन । उनी नेपाली पनि राम्रोसँग बोल्न सक्दैनन ।

Loading...