सप्तरी, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो र दुई नं. प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा दुई प्रहरी, एक शिक्षकसहित ६ जना रहेका छन् । प्रदेश […]
समाज
यसरी पत्ता लागे एसईई परीक्षाका प्रश्नपत्र आउट गर्नेहरु
काठमाडौं, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्नेहरु पत्ता लागेका छन् । प्रश्नपत्र आउट भएको विषयमा छानविन गरिरहेको प्रहरीले दोषी पत्ता लगाइसकेको दावी गरेको छ । प्रहरीले एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई आजै सार्वजनिक गर्ने तयारी पनि गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्ने बताएको छ […]
नेपाली भाषा, साहित्य र सामाजिक अवस्था बुझ्न नेपालदेखि बर्मासम्मको साहित्यक सदभावना यात्रा
काठमाडौं । बर्मामा रहेका नेपाली भाषीहरुको अवस्था बुझ्न तथा त्याँको सामाजिक अध्ययन गर्नका लागि नेपालका विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकारहरुको एक टोली रंगुन पुगेको छ । नेपाली भाषा, साहित्य तथा शैक्षिक जागरण, नेपाली जातीय चेतना, नेपाली समाजको सामाजिक अध्ययन सहित म्यान्मार र नेपाल बीचको साहित्यिक सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले रंगुन साहित्यिक यात्रा गरिएको हो । […]
भक्तपुरको सल्लाघारीमा फेला पर्यो बालकको कंकाल
सुर्यबिनायक नगरपालिका- १० चितापोल स्थित सल्लाघारीको जंगलमा एक बालकको कंकाल फेला परेको छ । बुधवार विहानै अन्दाजी १४-१५ बर्ष जतिको लाग्ने मानव कंकाल खोल्सामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ बिहान अन्दाजी १० बजे महानगरीय प्रहरी वृत जगाती र अपराध महाशाखा टेकु काठमाण्डौबाट समेत प्रहरी अधिकृत सहितको प्रहरी टोली घटनास्थल […]
कांग्रेससम्वद्धले चलाएका ६८७ पेज नियम उल्लङ्घन गरेको भन्दै फेसबुकले हटायो
एजेन्सी । भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई)को विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू हटाएको हो । भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई […]
डढेलोमा परी २७ अग्नि नियन्त्रकसहित ३० को मृत्यु
एजेन्सी । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ । अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन […]
धुर्मुस र रवि लामिछाने फिल्डमै पुगेर पीडितलाई राहत वितरण गर्दै
काठमाडौं । कलाकारिता र पत्रकारिताबाट निकै चर्चा कमाएका सिताराम कट्टेल धुर्मुस र रवि लामिछाने बारा र पर्साका हावाहुरीबाट पीडितलाइृ राहत वितरण कार्यमा सक्रिय भएका छन् । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल र पत्रकार रवी लामिछानेले टोली नै लिएर राहत वितरण गर्न थालेका हुन् । २७ जनाकाे ज्यान […]
सुन ल्याउने चिनियाँ र एटिएम फोर्ने नेपाली पक्राउ
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले चीनको स्ट्रङ्गको उडानबाट कुनमिङबाट काठमाडौँ आउँदै गरेका चिनियाँ नागरिक वाङ किजिकाङलाई शनिबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले अवैध रुपमा सुनको लकेट बोकेर आएको अवस्थामा उनलाई […]
नदी तर्ने क्रममा रुकुमका ओभरसियर डोटीमा बेपत्ता
डोटी, १८ चैत । डोटीको सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । डोटीको बोगटा फुड्सिल गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको सेती हाइड्रो पावरमा कार्यरत रुकुम घर भएका ओभरसियर दीपेन्द्र ओली सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माँझीले जानकारी दिए । अछाम र डोटीको सीमा क्षेत्रसमेत रहेको उक्त स्थानमा […]
हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति
काठमाडौँ, १८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम […]











