डढेलोमा परी २७ अग्नि नियन्त्रकसहित ३० को मृत्यु

एजेन्सी । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् ।

मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ ।

अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरूले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो । घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरू अझै पनि घटनास्थलमा सक्रिय रहेका छन् ।

शवहरूको पहिचान गरी उनीहरूका आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

Loading...