यसरी पछुताउँदैछन् चितवन कारागारका गैंँडा मार्ने तस्करहरु

भरतपुर, १५ कार्तिक । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । […]

हजुरअामाकाे मलामी गएका नाती घाटबाटै अलप

पाल्पा, १५ कार्तिक । स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता भएका हुन् । हजुरआमाको मलामी गएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताएका छन । स्थानीय राम्दी प्रहरी […]

विश्वभरिका भकिम्लिवासीले उठाएपछि विद्यालय बनाउन उठ्यो एक करोड

म्याग्दी, १५ कात्तिक । बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए । पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा […]

हात्ती लखेट्न गएका युवक उल्टै हातीबाट यसरी किचिए

झापा, १५ कार्तिक । हात्ती लखेट्न गएका एक युवकलार्इ हात्तीले उल्टै किचेपछि मृत्यु भएकाे छ । झापाकाे भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक युवकलार्इ हातीले किचेकाे हाे । भद्रपुर नगरपालिका–९ का ३५ वर्षीय दुर्गाबहादुर कटुवाललार्इ यसरी हातीले किचेकाे हाे । मंगलबार साँझ चाराली जंगलबाट उक्त क्षेत्रमा जंगली हात्ती गाउँतिर अाएका थिए । तिनै हात्तीलार्इ लखेट्नका […]

सर्वाधिक राशीको राइनो संरक्षण गोल्डकप सुरु

नवलपरासी, १४ कात्तिक । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गरेका हुन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच […]

चोरबाटोबाट अमेरिका छिरेका नेपालीसँग नेता महरा

काठमाडाैं, १४ कार्तिक । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा नेपालबाट बिभिन्न देश हुँदै चाेरबाटाेबाट अमेरिका पुग्ने नेपालीसँग भेटेका छन् । अमेरिका पुगेका मन्त्री महराले न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चाेरबाटाेबाट निकै दु:खकष्ट गरेर पुगेका नेपालीका दर्दनाक व्यथा सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । […]

कालिमाटीमा पर्यटकीय गन्तव्यको विकास गरिने

सल्यान, १४ कात्तिक । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन […]

वातावरण र कला सम्बन्धी अन्तरराष्ट्रिय कला कार्यशाला हुँदै

काठमाडौंँ, १४ कात्तिक । वातावरण र कलालाई एकै साथमा राखेर यही कात्तिक १५ गते अन्तरराष्ट्रिय कला कार्यशाला हुने भएको छ । सुदूर पश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा हुने कार्यशालामा सहभागी हुन नेपाली १५ र विदेशी दुई जनाको टोली आज प्रस्थान ग¥यो । मानवीय समवेदना हराउँदै गएको र वन्यजन्तु, पर्यावरण र मानव वन्यजन्तुबीचको सहअस्तित्वलाई जोगाउने र बढाउने […]

१८ पुरुषसँगै भिड्दै एक्ली महिला

खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली […]

उदयपुरमा भाइले गरे खुकुरी प्रहार गरी दाजुको हत्या

गाईघाट, १४ उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका […]