आजको पुँजीवाद र बौद्धिक सम्पत्तिको मुल्याङ्कन

एचआइभी/एड्सको उपचार सर्वसुलभ गराउने लक्ष्यका साथ सन् १९९७ मा दक्षिण अफ्रिकी सरकारले मौजुदा कानुन संशोधन गर्ने प्रयास गरेका वेला विश्वभरका औषधि उत्पादन उद्योगको शक्ति कमजोर बन्न पुग्यो । अतः औषधि उद्योगले सो कानुन कार्यान्वयनमा ढिलाइ गर्न लागिपरे । कालान्तरमा यो मुद्दा दक्षिण अफ्रिका आफ्नो पक्षमा पार्न त सफल भयोे । तर, आफ्ना नागरिकको स्वास्थ्य तथा […]

नेपालमा बसी लागूपदार्थ कारोबार र मान्छे मार्ने धन्धामा लागेका भारतीय गिरफ्तार

जनकपुरधाम, १८ कार्तिक । नेपालमा बसी विभिन्न अपराधिक क्रियाकलापमा सम्लग्न भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयको एक टोलीले अन्सारुल राइन नामक भारतीयलाई पक्राउ गरेको हो । पक्राउ परेका राइन लामो समयदेखि नेपालमा लागु पदार्थको कारोबारमा सम्लग्न भएको खुलेको छ । शुक्रबार पक्राउ पर्दा उनी ठूलो मात्रामा लागुपदार्थ ल्याएर भारतबाट नेपालतर्फ आउँदै […]

फेरि सुरु भयाे चर्चित गौराती मेला

सिन्धुपाल्चोक, १७ कार्तिक । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला शनिबारदेखि शुरु हुने भएको छ । प्रत्येक कार्तिक पूर्णिमाको दिनदेखि शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने हुँदा यो जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो । मेला अवधिभर मन्दिर आसपास […]

सौराहामा दुई हजारभन्दा बढी निजी विद्यालयका सञ्चालक

चितवन, १७ कार्तिक । निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को छैटौँ राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गरेका छन् । ‘शिक्षामा उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै नयाँ कार्ययोजना पनि तय […]

राती ड्यूटी गरिरहेकै ठाउँमा प्रहरी हवल्दारको मृत्यु

भक्तपुर, १७ कार्तिक । भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । […]

सरकारी सूचना लुकाउन खाेज्ने ६ सय ९९ कर्मचारीका विरुद्ध मुद्दा

काठमाडौँ, १७ कार्तिक । सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध उजुरी गरिएको छ । राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध हुलाकमार्फत सम्बन्धीत निकायका कार्यालय प्रमुखसमक्ष उजुरी गरिएको हो । मुलुकभरका […]

उम्मेदवारी दर्ता नभएपछि यसरी धरधरी डाको छोडेर रोइन यी महिला नेतृ (धरधरी रोएको भिडियोसहित)

काठमाडौँ, १७ कार्तिक। निर्वाचनमा विचित्रका दृष्यहरु देखा परिरहेका छन् । कतै गुण्डाहरु अाफ्नाे दलबलसहित मनाेनयन दर्ता गरिरहेका छन् भने कतै मनाेनयन दर्ता गर्न लाइनमा बस्दा बस्दा अन्तिममा समर्थक र प्रस्तावक नमिलेकाे भन्दै कर्मचारीले मनाेनयन पत्र बुझ‍्न नमानेपछि डाकाे छाेडेर धरधरी राेइरहेका दृष्य बाहिर अाएका छन् । यसैक्रममा काठमाडौंको राष्ट्रिय सभागृहमा पनि उम्मेदवारी दर्ताका क्रममा दुई […]

यसरी बैधानिक हुँदैछ मनाङे, लामा सहितका गुण्डाहरुको राजनीतिक अपग्रेड

काठमाडाैं, १७ कार्तिक । दीपक मनाङे र गणेश लामा याे मंसिरमा हुने निर्वाचनका निकै चर्चाका उम्मेदवार बनेका छन् । उनीहरु उम्मेवार बनेकाे सुन्ने वा थाहा पाउने सबै चकित परेका छन । विभिन्न अपराधिक कार्यबाट बदनाम भएका यस्ता पात्रहरुकाे अबकाे संघीय नेपालमा दवदवा हुने चर्चाले राजनीतिक बजार तातेकाे छ । मनाङे र लामा बिरुद्ध काठमाडौं प्रहरीको […]

मूल्याङ्कन प्रणाली सुधार्न अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा

काभ्रे । काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ औं सम्मेलन नेपालमा आयोजना गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा (कोब्से) सम्मेलन नेपालमा आयोजना गरिएको हो ।  बिहिवार  पूर्व राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेल अबस्थित एक होटलमा यादवले सम्मेलनको उद्घाटन गरेका हुन् । परीक्षाको मूल्यांकन प्रणालीलााई गुणस्तरीय र समयसापेक्ष […]

काठमाडौंको डान्सबारमा पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परे भारतीय प्रहरी हवल्दार !

काठमाडौं, १७ कार्तिक । काठमाडाैंकाे एक डान्सबारमा गाेली चलाएर भाग्न थालेका भारतीय नागरिक पञ्जाव प्रहरीका हवल्दार भएकाे थाहा भएकाे छ । बुधबार ‘ज्यान डेनिस डान्स’ नामक डान्सवारमा जसवीर सिंहसहितकाे भारतीय नागरिकले गाेली चलाएका थिए । गाेली चलाएर भाग्दै गर्दा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका मध्ये जसविर सिंहकाे साथमा पञ्जाव प्रहरी हवल्दारकाे परिचय […]