लेवनानी प्रधानमन्त्रीले विदेश भ्रमणमै रहेका बेला राजिनामा दिएर पठाएको खुलासा

रियाद । लेबनानका प्रधानमन्त्री सायद हरीरीले विदेश भ्रमणमा रहेकै बेला अाफ्नाे पदबाट राजिनामा दिएकाे खुलासा भएकाे छ । अाफूमाथि स्वेदशमा खतरा रहेकाे भन्दै प्रम हारिरीले साउदी अरबमा रहेकै बेला राजिनामा दिएका हुन् । यसैबीच राजिनामा दिएका हारिरीलार्इ साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुलाजिज अल साउदले आफ्नो देशमा स्वागत गरेका छन् ।  लेवनानी नेता हरीरीले साउदी अरबको […]

एक करोड लागतमा पोखरामा बनाइएको भलिवल तालिमकेन्द्र सुरु

पोखरा, २० कार्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरेका हुन् । परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण […]

नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना

बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]

६ ठाउँमा भूकम्प मापन गर्ने अत्याधुनिक केन्द्र बन्दै

काठमाडौँ, २० कार्तिक । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]

चितवनको सौराहमा भैसीको अन्तराष्ट्रिय सम्मेलन गरिदै

चितवन, १९ कार्तिक । भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान […]

सरकारी छात्रवृत्तिको ५ करोड २० लाख लक्षित वर्गमा पुग्दै नपुगी सिध्याइयो

काठमाडाैं, १९ कार्तिक । गरिब तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिईने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसकी छात्रवृत्तिको पूर्ण सिटको लागि आवेदन आउन नसक्दा गरि तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन् । सरकारले सार्वजनिक विद्यालयबाट एइई परीक्षा दिई कक्षा ११ […]

पत्रकार महासंघमा एनअारएनए पदाधिकारी

नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनअारएनए)का नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीबीच भेटघाट भएकाेछ । नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यालयमा साे भेटघाट भएकाे हाे । एनअारएनएका पदाधिकारीहरुलाई स्वागत तथा शुभकामना दिन महासंघले साे कार्यक्रम अायाेजना गरेकाे हाे ।  सञ्चारग्रामस्थित महासंघकाे सभाहलमा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार […]

आजको पुँजीवाद र बौद्धिक सम्पत्तिको मुल्याङ्कन

एचआइभी/एड्सको उपचार सर्वसुलभ गराउने लक्ष्यका साथ सन् १९९७ मा दक्षिण अफ्रिकी सरकारले मौजुदा कानुन संशोधन गर्ने प्रयास गरेका वेला विश्वभरका औषधि उत्पादन उद्योगको शक्ति कमजोर बन्न पुग्यो । अतः औषधि उद्योगले सो कानुन कार्यान्वयनमा ढिलाइ गर्न लागिपरे । कालान्तरमा यो मुद्दा दक्षिण अफ्रिका आफ्नो पक्षमा पार्न त सफल भयोे । तर, आफ्ना नागरिकको स्वास्थ्य तथा […]

नेपालमा बसी लागूपदार्थ कारोबार र मान्छे मार्ने धन्धामा लागेका भारतीय गिरफ्तार

जनकपुरधाम, १८ कार्तिक । नेपालमा बसी विभिन्न अपराधिक क्रियाकलापमा सम्लग्न भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयको एक टोलीले अन्सारुल राइन नामक भारतीयलाई पक्राउ गरेको हो । पक्राउ परेका राइन लामो समयदेखि नेपालमा लागु पदार्थको कारोबारमा सम्लग्न भएको खुलेको छ । शुक्रबार पक्राउ पर्दा उनी ठूलो मात्रामा लागुपदार्थ ल्याएर भारतबाट नेपालतर्फ आउँदै […]

फेरि सुरु भयाे चर्चित गौराती मेला

सिन्धुपाल्चोक, १७ कार्तिक । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला शनिबारदेखि शुरु हुने भएको छ । प्रत्येक कार्तिक पूर्णिमाको दिनदेखि शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने हुँदा यो जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो । मेला अवधिभर मन्दिर आसपास […]