उम्मेदवारका घरमा समेत चुनाव खारेजीका नारा

प्युठान, २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्‍नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् ।  नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्‍यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए […]

द्वन्द्वका बेला याैन हिंसाकाे शिकार भएकाहरुकाे अावाज उठाउन बन्याे राष्ट्रिय सञ्जाल

काठामाडाैं । द्वन्द्वका बेला यौन हिंसाका शिकार भएका महिलाहरुले आफ्ना अधिकारमा आवाज बुलन्द बनाउन द्धन्द प्रभावितहरुको राष्ट्रिय सञ्जाल सहज गठन गरेका छन् । चितवनको सौराहमा ६ दिनसम्म द्धन्द प्रभावित ११ जिल्लाका ८० प्रभावित महिलाहरुको भेलाले सो सञ्जाल गठन गरेका हुन् । उनिहरुले त्यो अवस्था र अहिलेका बेला आफुहरुले भोगिरहेको समस्या र अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी […]

धान भित्र्याउनै लाग्दा परेको असिनाले गर्यो तीन करोडको क्षति

नुवाकोट, २१ कार्तिक । धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा तीन करोडको क्षति भएको छ । गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । […]

४४ हजारले निर्वाचनको पर्यवेक्षण गर्ने

काठमाडौँ, २१ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील […]

अन्तर्राष्ट्रिय खोज पत्रकारले गरे अर्काे खतरानाक खुलासा

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । यसलार्इ अाइसिअाइजेले प्याराडाइज पेपर्स नाम दिएकाे छ । यसमा संसारका चर्चित चर्ति व्यक्तिहरु जाेडिएका छन् । बेलायती महारानी इलिजावेथ द्वीतीयदेखि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादमिर पुटिनसम्म तानिएका छन् । यसअघि खाेज पत्रकारहरुकाे साेही समूहले पानामा पेपर्स सार्वजनिक गरेपछि विश्वभर तरङ्ग […]

लेवनानी प्रधानमन्त्रीले विदेश भ्रमणमै रहेका बेला राजिनामा दिएर पठाएको खुलासा

रियाद । लेबनानका प्रधानमन्त्री सायद हरीरीले विदेश भ्रमणमा रहेकै बेला अाफ्नाे पदबाट राजिनामा दिएकाे खुलासा भएकाे छ । अाफूमाथि स्वेदशमा खतरा रहेकाे भन्दै प्रम हारिरीले साउदी अरबमा रहेकै बेला राजिनामा दिएका हुन् । यसैबीच राजिनामा दिएका हारिरीलार्इ साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुलाजिज अल साउदले आफ्नो देशमा स्वागत गरेका छन् ।  लेवनानी नेता हरीरीले साउदी अरबको […]

एक करोड लागतमा पोखरामा बनाइएको भलिवल तालिमकेन्द्र सुरु

पोखरा, २० कार्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरेका हुन् । परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण […]

नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना

बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]

६ ठाउँमा भूकम्प मापन गर्ने अत्याधुनिक केन्द्र बन्दै

काठमाडौँ, २० कार्तिक । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]

चितवनको सौराहमा भैसीको अन्तराष्ट्रिय सम्मेलन गरिदै

चितवन, १९ कार्तिक । भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान […]